• १९ वैशाख २०८१, बुधबार

रासस स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ : अध्यक्ष झा

blog

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ।

बोदे बर्साइन (सप्तरी), वैशाख ६ गते । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस स्थानीय सरकारहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । बोदे बर्साइन नगरपालिका आइपुग्नुभएका अध्यक्ष झा र सो नगरपालिकाका प्रमुख आतेशकुमार सिंहबिच भएको कुराकानीका क्रममा उहाँले रासस र स्थानीय सरकारबिच सहकार्य गर्न सकिने बताउनुभएको हो । 

सो अवसरमा नगर प्रमुख सिंहले नगरपालिका राससको विकासका लागि सक्दो सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । प्रमुख सिंहले राससले जनतालाई सुसूचित गराउन निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । सङ्घीयता कार्यान्वयनको सन्दर्भमा राससले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै प्रमुख सिंहले रासससँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । त्यस अवसरमा अध्यक्ष झाले राससले स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको जानकारी दिनुभएको थियो । राससले विभिन्न नगरपालिकासँगको सहकार्यमा मुलुकका राष्ट्रिय भाषामा समाचार सम्प्रेषण गर्ने गरिरहेको छ । रासस