• १८ वैशाख २०८१, मङ्गलबार

बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख ३ गते । धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार सोही ठाउँका ५२ वर्षीय जिमान तामाङको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले तामाङ आफैले राँग काट्न प्रहार गरेको बञ्चरो उछिट्टिएर उहाँको आफ्नै खुट्टा काटिएको बताउनुभयो । 

खुट्टा काटिएर घाइते भएका तामाङलाई उपचारका लागि महोत्तरीको बर्दिबास शुभ स्वस्तिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषण गरेको जानकारी दिनुभयो ।