• १७ जेठ २०८१, बिहिबार

सहस्रलिङ्गको कुइरो अनि प्यास

blog

हामी वरिपरि तारले घेरेको खप्तडको पाटनको उत्तरतिर रहेको आर्मीको क्याम्पबाट अगाडि पूर्वतिर देखिएको पहाडमा उकालो चढ्दै छौँ । एरोबाट देखाएको सहस्रलिङ्गको बाटो यतै रहेछ । यात्रामा सँगै छौँँ पतञ्जलीका योग गुरुहरू रीता कार्की, बलदेव मिश्र, लोकराज बराल, अश्विनी कोइराला र डा. शशी थापा पण्डित । 

खप्तडको आँगन टेकेको आज दोस्रो दिन । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलाली नेपाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ७ नेपालको संयुक्त आयोजनामा खप्तड अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५ को कार्यव्रmम आयोजना गरिएको हो । प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशीको भनाइ अनुसार खप्तडको यो यात्रा साहित्य, धर्मसंस्कृति र योगको त्रिवेणीका  रूपमा आयोजना गरिएको हो । त्यसैले हामी साहित्यकार मात्र थिएनौँ यहाँ । भारतको गायत्री त्रिवेणी प्रयाग पीठबाट आएका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य त्रिकाल भवन्ता सरस्वती जी महाराज । त्यस्तै आद्य शङ्कर कैलाश पीठ गोदावरी धाम नेपालको जगदाचार्य श्री श्री १००८ श्री विभूषित अमृतानुभव पीठाधीश्वर जगदाचार्य– ब्रह्मर्षि स्वामी गौरी शङ्कराचार्य जी महाराज । त्यस्तै अन्य श्री १००८ पद धारण गरेका धार्मिक व्यक्तिहरू लगायत उनीहरूको चेलाहरू र पतञ्जलीका योग गुरुहरू र जडीबुटीका ज्ञाताहरू साथै पत्रकारहरू, भारतीय साहित्यकारहरू र स्थानीयहरूको पनि यो यात्रामा बाक्लै उपस्थिति रहेको थियो । 

यहाँ पुगेको चौथो दिनमा फर्कने भनिए पनि यहाँको चिसोले गर्दा बिरामी परिएला भन्ने डरले तेस्रो दिनमा नै फर्कने सल्लाह हामी साहित्यकारहरूको भएको हुँदा भोलि गरिने भनेको काव्य वाचनको कार्यव्रmम आजै सक्नुपर्ने बाध्यता बन्दै थियो । तर खप्तडमा रहेको सहस्रलिङ्गको दर्शन गर्न भने मनले अह्राइरहेको थियो मलाई । आयोजकबाट पनि यहाँको दर्शन गरेर फर्किएपछि मात्र कवि गोष्ठी गर्ने भनिए पछि हामी तताउन थालेका थियौँ बाटो । लगभग बाह्र हजार फिटको उचाइमा रहेको खप्तडको सबैभन्दा अग्लो स्थानको सहस्रलिङ्गको यात्रामा । त्रिवेणी धाम र आर्मी क्याम्प दुवैतिरबाट जान मिल्ने भएको हुनाले पहिले निस्केका केही साथीहरू र हाम्रो बाटो अलग पर्न गएछ । त्रिवेणीबाट जाने बाटो ठाडो उकालो छ र हामी हिँड्दै गरेको आर्मी क्याम्प अगाडिको बाटो अलि लामो भए पनि सहज छ सहस्रलिङ्ग उक्लन भन्दै हुनुहुन्छ पतञ्जली योग पीठका योग गुरु लोकराज बराल । 

माथि टावर नजिकै पुगेछौँ । अघि प्रोल्लास सिन्धुलियाको ग्रुप पुगेर फर्केको भन्दै थिए तल भेटमा । अलमलिने समय नभएकाले गर्दा उक्लेर खप्तडलाई हेर्ने मनको चाहनालाई त्यहीँ विश्राम दिएर शरीरका साथ लागेर खुट्टा अगाडि बाटोमा सोझिइ रह्योे टावरलाई बिदा गरेर । 

पसिना बगाइरहेको छ शरीरले अनि पानीको तिर्खा तीव्र गतिमा लय समाउँदै छ उकालोमा । सजिलो बाटो भनिए पनि यात्रा कहाँ सोचे जस्तो सहज हुँदो रहेछ र ? कठिन बन्दै छ पाइला । प्याकप्याक हुँदै छ मुख प्यासले । लेराएको एक बोटल पानी अघि नै सकिसकेको थियो । कतै फेला पर्लाकी भनेको परेनन् पानीका मुहानहरू यहाँ कतै । 

मायावी शक्ति भएका देव, देवता तथा सिद्धपुरुषहरूले पन्छी भएर आकासमा रमाउने र पृथ्वीमा विचरण गर्ने देवताको व्रmीडास्थलका रूपमा रहेको खेचराद्रीभूमि नै पछि खप्तड हुन गएको उल्लेख पौराणिक धर्मशास्त्रमा छ । १०२४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तडको चारैतिर पाँच, छ हजार फिटदेखि लिएर सहस्रलिङ्गको झन्डै बाह्र हजार फिटसम्मको पहाडका टाकुरा यस खप्तड क्षेत्रमा रहेको पाइन्छ ।

अघि तल पाटनमा पाटन नै पाटन मात्र छ झैँ भएको प्रकृति यहाँ हामीलाई बनै वन मात्र छ झैँ देखाउँदै छ उसको रूप । यहाँ बाटोमा कतै फेला परेको छैन पाटनहरू । वनभित्रको सौन्दर्यले मन यसरी खिचेको छ कि उकालो पसिना र प्यास सबैलाई भुलेर उसैसँग समायोजन भएर एकाकार हुँदै प्रित बसाउँदै छु म प्रकृतिसँग । 

“आफ्नै साथी पनि कता पुगे भनेर खोज्नुपर्ने जस्तो पो भयो त हिँडिरहेको बाटोमा एकै छिनमा ।’ आपूm अगाडि पछाडिका साथीहरूलाई नेदेखिने गरेर कुहिरोले ढाकेपछि म कराउँछु ‘ठिकैै हुनुहुन्छ होइन साथीहरू’ । हाम्रो प्यासको पीडा देखेर होला चिसो कुइरो पूरै वन ढाकेर हाम्रो मुखभित्र जलकणहरू सुरुरु छिराउन पो आएका रहेछन् । थोरै सही प्यास मेटियो हाम्रो । काम सकेर कुइराहरू आएकै थिएन कि जस्तो गरेर स्वाट्टै हराए हामीबाट । माथि अलि बढी नै लेक भएको हुनाले होला कुइरो आउने छोपिने, फेरि हराउने गर्दै हामीसँग लुकामारी खेल्दै छ । सँगै मुखहरू रसाउँदै पनि छन् । 

धुपीका रूखहरू जाडोमा बोकेको हिउँ काँधबाट भर्खरै बिसाएर सुस्ताएका झैँ देखिँदै छन् । लच्किएका हाँगाका छेउछाउबाट र रूखका काँधहरूबाट भने सुनाखरीको बोटहरू मुस्कुराउँदै रहेछन् । भिन्दाभिन्दै स्वरूपहरू पस्केर उभिएका बोटहरू आआफ्नै तालमा हामीलाई हेर्दै छन् । थाकेर र भोकले हो कि जति हिँडे पनि आउँदैन त गन्तव्य । लवदेव मिश्र भन्दै हुनुहुन्छ, “कतै गलत बाटो त हिँडेका छैनौँ ?” 

टिनटिन घन्टी बजेको जस्तो आवाज सुनियो । मन्दिरमा बजेका घन्टीहरूको आवाज जस्तो छ । अब त मन्दिर आइपुग्नै लागे छौँ । गुरु रीता भन्दै हुनुहुन्छ । केही पर पुगेपछि पो थाहा लाग्यो वास्तविक घन्टीको आवाज । बाटोको बायाँतर्फ देखिए गाई भैँसी घाँटीका घन्टी बजाउँदै चरिरहेका । बस्ती नजिकै छन् जस्तो छ अश्विनीजी सम्भाव्यता अवगत गराउँदै छन् । मानिसका आवाज सुनियो । अलि पर दायाँतिर देखिए दुई जना नारीहरू । कतै बाटो विरायौँँ कि भन्ने मनमा चिसो पस्दै थियो । थाहा लाग्यो उनीहरूबाट धन्न सही नै रहेछ बाटो । 

हामी अहिले तेर्सो बाटो लाग्दै छौँ । बाहिर पाटनबाट हेर्दा धुपीको मात्र वन हो कि झैँ लागेको थियो । तर वनभित्र पसेपछि थाहा भयो वनभित्र विविध जातका रूखहरू रहेछन् भन्ने कुरा । एउटा रातोरातो तर अम्बाको जस्तो साइजको रूख देखियो त्यस रूखको बोटमा उक्लिएर फोटोहरू खिच्यौँ हामीले । 

एक प्रकारको परिचित जस्ता तर मिठो बास्ना आइरहेछ । कतै यो लेक लगाउने बासना त होइन डर पनि लाग्दै छ । बासना जति अगाडि बढ्यो उति नै बढी फैलिरहेको छ । 

धेरै बेर भइसक्यो तेर्सो हिँडेको मन्दिर आउँदैन त । फेरि मन डराउन थालिसक्यो कतै गलत त हिँडिरहेका छैनौँ । दिन बाँकी भए त केही थिएन । तर दिन ढलिसक्यो । कतै यहाँ रात प¥यो भने ओतलाग्ने छाप्रा पनि छैनन् । न खाना नै केही छ ? घना जङ्गल मात्र छ । घर गोठ कतै देखिँदैनन् । अनि डराउनु परेन । आफ्नो मनले आफैँलाई भन्दै छ । 

जब अन्योल हुन थाल्छ मन अनि देखा पर्न थाल्छन् टुप्लुक्क मानिसहरू । यहाँ पनि बाटोदेखि पर दायाँतिर दुई जना देखिए । सोध्यौँ बाटो सही नै रहेछ । सायद वनमा गोठाला आएका हुन् कि यी । एकलासको वनमा मान्छे देखिँदा पनि केही आस पलाए जस्तो हुँदो रहेछ अनि डर हराए झँै । समाज अनि मानिस कति खाँचो पर्दाे रहेछ मानिसका लागि । त्यसैले त बनेका रहेछन् संसारमा समाजहरू अनि देशहरू । 

“यता पनि कतै नजिकै सायद गोठ हुनुपर्छ ?” म भन्दै छु यी महिलाहरूलाई देखेपछि । तर घना जङ्गलले घेरिएको छ हामी हिँडेको बाटो । टुप्लुक्क सामुन्ने बाटोबाट आइपुगिन् कृष्णकली रावल कता जान्या हौ भन्दै । तर कहाँ छ पाटन ? कहाँ छ गोठहरू ? केही देखिएको छैनन् । 

सेतो सुकेको परालका त्यान्द्रा जस्तो देखिए भँइहरूमा छरिएका जस्ता । त्यान्द्राका बिचबिचमा भने हरिया उम्रिँदै गरेका घाँसका सजीवता मुस्कुराई रहेका रहेछन् । फेरि हिउँले थिचेर यसै गरी सुकेर त्यान्द्रो बन्दै फेरि पलाउन घाँसहरू । छेउमै अग्ला अग्ला धुपी, गोब्रे सल्ला, देवदारको रूखहरू पनि वसन्तलाई चिहाएर मुस्कुराइरहेका रहेछन् । सुकेको घाँसमाथि बसेर लवदेव गुरु बाँड्दै छन् भुटेको आलसको गेडा । 

अब भने फेरि उकालो आएछ उक्लिँदै छौँ हामी । केही उक्लिएपछि पानीको धारो र सानो ट्याङ्की देखा प¥यो । फोहोर जस्तो लागे पनि डराई डराई धित मरुन्जेल पानी पियौँंँ । पानी छिट्याउने मेलो मेसो गर्दै छ र विस्तारै रफ्तार बढाउँदै छ । केही यात्री दर्शन सकेर फर्कंदै रहेछन् भेट्यौँ हामीले । आइपुग्नै लाग्यो करिब आधा घण्टामा पुग्छौँ रे अब उनीहरूका अन्दाजमा । उकालो उक्लि नै रहेछौँ हामी ।

केहीसम्म परेको ठाउँमा आइपुग्यौँ । एरोहरू राखेको रहेछ त्रिवेणीतिर जाने र अछामतिर जाने । अब त आइपुग्यौँ भनेर मक्ख परेको हामी ओरालो पो झर्दै छौँ त अछामे डोरेटोतिरको । 

“हैन मन्दिर त टुप्पोमा होइन ? हाम्रा पाइला त तलतलतिर पो ओर्लंदै छ त । गलत बाटोमा त आएनौँ ?” म भन्छु । पाँचै जना आलमल्ल पर्दै छौँ तर गोडा ओर्लिंदै छन् तल झन तल । हामी एक अर्कालाई हेर्दै मुखामुख गर्छाैं । गाइडको मूल्यको ज्ञात हुँदै छ बल्ल । 

“हत्तेरी यहाँसम्म आएर पनि सहस्रलिङ्ग दर्शन गर्न नपाइने हो कि ?” मन अन्योलमा पर्दै दुःखी बन्दै छ भित्रभित्रै ।

तर हाम्रो अछामतिरको गन्तव्यहीन यात्रालाई रोक्न आकासले ठुलै पानी बर्साउनुप¥यो । वर्षादी कोच्न थाल्यौँ जिउभित्र तर अलि अलि चोखो पानीले जिउ त चोखाइहाल्यो । सायद हिजोदेखि नफेरेको लुगा थिए शरीरमा त्यसैले चोख्याइदिएको होला भनेर एकअर्कालाई भन्दै अघि आएको बाटोतिर नै फर्कियौँँ । मुसलधारे पानी पो पर्न थाल्यो अब त । लगाएको जुत्तालाई त रेनकोटले नै पो के गर्न सक्थ्यो र ? पूरै मोजासम्म नै भिजी हाल्यो बर्सेका पानी र बगेका पानीमा डुबेर । बराल गुरुले भने मोजा मात्र लगाएर जुत्ता ब्यागमा राखेर भोलिका लागि जोहो गर्नुभयो जुत्ताको । थोरै अघि बढेपछि टहरो भेटियो । पानी दर्किंदै थियो । बर्सादी लगाएर पनि हिँड्न मुस्किल पर्दै थियो । त्यसैले त्यहाँभित्र छि¥यौँ । छिरेको मात्र के थियौँ असिना बर्सिन पो थाल्यो । 

“अघि बाटोमा भेटेका यात्री नराम्रोसँग भिजे होलान है,” मिश्र गरु सम्झिँदै छन् । करिब बिस पच्चिस मिनेटपछि बल्ल रोकियो असिना पानी । असिना पानीमै गुरु रीता कार्की र गुरु लवदेव मिश्र, अश्विनीजीको फोटो बराल गुरुले खिचिदिनु भयो । मलाई जाडो भएकाले पानीमा रुझेर फोटो खिच्न मन लागेन । भित्र बसि नै रहेँ असिना पानी नरोकिउन्जेल । 

हामी अघि आएको बाटोबाट दायाँ जानुपर्ने रहेछ, बायाँ लागे छौँ, त्यसैले पो बाटो छलिएछ । अब भने टहरो छेउमा भएको दायाँतिरको बाटो नछोडीकन थोरै थारै उक्लिएको उकालो लाग्यौ । खानेपानी यता, गणेशको मन्दिर यता भनेर एरो साइन बोर्ड टाँसिएको रहेछ । त्यता ऐरोले देखाएको तलतिरको बाटो नगईकन माथितिर गएको बाटोबाट हामी हिँडिरहेछौँ । 

सानो सानो पहाडका थुम्का नै हो कि जस्तो पो देखिँदै छ एउटै आकारका स्वरूपमा रहेको केही ठुला ढुङ्गाका सिलाहरू । सबैभन्दा अग्लो दुई वटा ढुङ्गासँगै जोडिए जस्तो देखिएको छ तलबाट । नजोडिएको केही भाग गुफा जस्तो पनि देखिएको छ । त्यसै ढुङ्गाको छेउमा पुग्दै छौँ हामी । 

तीन वटा चुचुरा भएको शिला देखियो । यसलाई महादेव, पार्वती र गणेशको प्रतिमूर्मिका रूपमा मानिँदै आएको रहेछ ।

ढुङ्गाको माथि उक्लन सिँढी बनाइएको रहेछ । त्यसलाई उक्लिँदै गर्दा बाटोको दायाँबायाँ घन्टाहरू टन्नै झुन्ड्याइएका रहेछन् । हिमशृङ्खला जस्तो लहरै साना ठुला आकारमा हिमालहरू देखिए झैँ देखिँदै छन् भक्तहरूले चढाएका यी घन्टहरू । 

“ध्यानमा बसेका शिवलाई बिउँझाएर आशीर्वाद माग्न भनेर चढाएका होलान् भक्तहरूले यी घन्टहरू” म भन्दै छु । “सायद होलान्” बलदेव गुरु थप्दै छन् सही । घन्टाहरूको पर्वत शृङ्खलालाई पार गर्दै उक्लँदै छौ हामी फलामको बारलाई समाउँदै । त्यस भीमकाय ढुङ्गाको टुप्पामा पुग्न । सानो फलामे पुल तर्नुपर्ने रहेछ उक्त ढुङ्गाको चुचुरा टेक्नलाई । पुल तर्नेबित्तिकै झन्डै झन्डै हराएका शिवजी भेटिए । सहस्रेश्वर महादेव नै सहस्रलिङ्ग भएर बसेका रहेछन् यहाँ । पहाडको टुप्पोले मात्र नपुगेर त्यसमाथि पनि भीमकाय ढुङ्गा खडा गरेर त्यसको माथि चुचुरामा आलिसान मलह खडा गरी वरिपरि घना जङ्गलका बिचमा शिव ध्यानमा मग्न रहेछन् हामी पुग्दा । पाती चढाएर दर्शन ग-यौँ । हामी आएको जनाउ दिन घन्टीहरू बजायौँँ आआफ्नो शक्ति प्रदर्शन गर्दै । खै शिवले ध्यान खोले कि खोलेनन् हेरेर बस्न भने भ्याएनौँ र ओर्लियौँ अर्काेतर्फको उसै गरी बनाएको बाटो अनि तलैसम्म झुन्ड्याएका घन्टाहरूलाई बजाउँदै । 

दिनलाई ढाल्दै रातलाई ओह्राल्द खेचरधाममा शिवलाई भेटेर मन आनन्दित र प्रफुल्लित बनाएर शान्त भएर फर्कियौँं । शिवलाई दर्शन दिन बोलाएकोमा धन्यवाद भन्दै । अब भने धेरै बेर रोकिनु समय थिएन । फेरि पानी आउला भन्ने डर पनि उस्तै थियो । त्यसैले अघि आएको बाटो फर्कियौँ । पानीको प्यासले निकै सताएछ अश्विनीजीलाई । खानेपानी लेखेको तिर डौडिए । 

“निकै बेर लगाउनुभयो अश्विनी जीले” बराल गुरु पर्खाैं भन्न थाल्नु भयो । हिलै भएर भिजेर पो आइपुगे उनी । अघि भिज्न बाँकी भएको लुगा पनि अहिले भिजेछ । पानी त भेटेनछन् तर नराम्रोसँग लड्न पो पुगेछन् यी प्रेमालयका गुरु । बाटोमा भन्दै थिए, “अलि अलि पाप बाँकी थियो होला, त्यो पनि सकाउन लडाएका होलान् शिवले” आफैँलाई सान्त्वना दिँदै । 

अघि उक्लिएका बाटो अलि लामो भए पनि तेर्साे तेर्साे हुँदै उकालो चढेका थियौँ । तर सहस्रलिङ्गको छेउबाट त्रिवेणी धाम निस्किने बाटो भने पूरै ठाडो उकालो रहेछ । बाटो सहज छ भनेर पतञ्जलीका गुरुहरूले अघि आएको बाटोको प्रयोग उक्लिनका लागि गर्नुभएको कुरा बल्ल थाहा लाग्यो यहाँबाट त्रिवेणी धाम ओर्लिंदै गर्दा । 

उकालो नै उकालो कतै तेर्साे बाटो नै रहेनछ कि झँै लाग्दै छ ओर्ली रहँदो यो बाटो अहिले । धन्न उताबाट आएछौँ जस्तो पनि लाग्दै छ बाटोको उकालो देख्दा । तर ओर्लिंदा यो बाटोको प्रयोग पनि ठिक लाग्दै छ । दुवैतर्फ हेर्ने मौका जो मिलेको थियो । अनि छिटो पुगिन्छ भन्ने आस पनि पलाउँदै छ । 

गुरु रीता टिप्दै हुनुहुन्छ चुचुरोको छेउमा उम्रेका बेसारको सानो सानो पात जस्तो अकारको झार । निकै टिपेर राख्नुभयो झोलामा । बलदेव गुरुले पनि केही टिप्नुभयो । यो साग खानका लागि हुन्छ रे । मैले केही उखेलेर मुखमा हालेको त तितो न तितो रहेछ । ओकलिहाँले कतै लेक लागिहाल्ला कि भन्ने डर अनि तितो जो थियो । 

ढुङ्गाको सिँढी प्रयोग गरिएको यो बाटो व्यवस्थित रहेछ अघि आएको बाटो भन्दा । वैशाख महिनामा गङ्गा दशहराको भव्य मेला लाग्ने रहेछ यो खप्तड क्षेत्रको त्रिवेणी धाममा । यहाँ स्नान गर्ने अनि त्यहाँ वरिपरि रहेको धार्मिक स्थलहरूको दर्शन पनि गरिँदो रहेछ ।

दस दिनसम्म दशहराको मेला लाग्ने रहेछ खप्तडमा । “अझ मेला सकिने दशौँ दिनमा भने झनै भिडभाड लाग्छ रे । यो ठाउँमा सुदूरपश्चिमका प्रायः जिल्लाहरूबाट मेला भर्न घुइँचो नै लाग्छ रे पदमराज जोशीले भन्दै थिए हामीलाई काठमाडौँमा हुँदै । त्रिवेणी खोलामा नुहाएर यही बाटो हुँदै उकालो लाग्ने रहेछन् भक्तहरू शिवलाई दर्शन गर्न । र त यो बाटो व्यवस्थित भएको रहेछ । 

भरे यही बर्सादीलाई सिरान हालेर सुत्नु छ हिजो जस्तै । त्यसैले पानी रोकिए पनि चिसो पनि नहुने भिजेको पनि सुक्ने भएकाले पानी रहे पनि फुकालेकी छैन मैले मेरो शरीरबाट बर्सादी । अनि छोडेकी छैन सँगै लेराएको लौरो ओरालो झर्दा घुँडाको औषधी बनाएर टेक्दै छु । अघि माथि देखिएको जस्तो रातै डाँठहाँगा भएको केही रूख यहाँ भिरालोमा उभिइरहेका रहेछन् । 

निकै तल पुगेपछि हामी ओर्लिंदै गरेको बाटोको बायाँतिर खोला बग्दै थियो सानो आकारमा । अघि उकालो लागेदेखिको प्यास अञ्जुलीमा उभाएर कोइरालाले अघाउन्जेल पिए । अब भने हामी सँगसँगै बग्दै छ सोलिङ खोलो । दायाँबायाँ विविध जातका रूखहरू र धेरै जसो धुपीका हिउँले लच्काएका हाँगा बोकेका रूखहरूले हाम्रो गतिलाई एकोहोरो हेरिरहेका छन् । रात पर्न लाग्यो छिटो जाबो भन्दै छन् बेला बेला हावाँसँगै बहेका रूखका पातहरूले सुसेल्दै । बल्ल हामी ओरालो झरेर अलिक सम्म परेको ठाउँमा आइपुग्यौँ ।

“अब भने ओरालो सकिए जस्तो छ” गुरु बराल भन्दै हुनुहुन्छ । केही बेरसम्म हिँडेपछि हामी त्रिवेणीको छेउमा आइपुगेछौँ हरिया पाटन पनि देखिए । हामीसँगै आएको खोलालाई तरेर हामी उकालो लाग्यौँ हामी बसेको धर्मशालाको टहरोमा पुग्न । 

यहाँ जेठमा गङ्गा दशहरा तथा अनन्त चतुर्दशीमा ठुलो मेला लाग्छ । भोलि जेठ १ गते गङ्गा दशहराको मेला सुरु हुने भएकोले भिडभाड बढ्न थालिसकेको रहेछ । पाटनको ठाउँ ठाउँमा टेन्ट गाडेर पसल पनि थाप्न थालिसकेका रहेछन् स्थानीय केही व्यापारीहरूले । नयाँ अनुहारका मानिसहरू टन्नै देखिए टहरो वरिपरि । कैलाश ढुङ्गाको नजिकै पनि टेन्ट गाडिएको रहेछ । बझाङ छान्ना गाउँकी वैशाखी रोकायाको फोन आयो मलाई “म खप्तड पुगँे । तपाईं कहाँ हुनुहुन्छ । छिट्टै आउनुस् डेउडा नाच्नु प¥यो ।” 

हामी हाम्रो गन्तव्यमा पुग्दा भर्खरै कविता वाचनको कार्यक्रम सुरु भएको रहेछ, साँझमा वरिपरि दियोहरू बालेर । यो क्रार्यक्रममा भाग लिन पाइन भनेर दुःख लागिरहेको थियो । गुरु लोकराज बरालले माथि उकालो लाग्दा कार्यक्रम पनि भ्याउनु हुन्छ नआत्तिनुस् भनेको सही नै भयो अहिले । नेपाली कविहरू र भारतीय कविहरूका कविताले खप्तडका पाटनहरू गुन्जयमान बनिरहँदा स्थानीयहरूले मन्त्रमुग्ध भएर कविता श्रवण गरिरहे । कविताको रसले मन भिजेछ यहाँका मनहरूलाई, भन्दै थिए “भोलि पनि काव्यको कार्यक्रम राख्न पाए हुन्थ्यो । भोलि पनि बस्नुहोस् न तपाईंहरू ।” 

खप्तडको पाटनमा बसेर यहाँका हरिया चिसा पाटन अनि धुपीका बोटहरूलाई यहाँदेखि तलका पहाडमा फागुन–चैत महिनामा पहाडमा लगाइने या लाग्ने डढेलो जसले त्यहाँका रूखहरूले भोग्नुपर्ने पीडा– कविताको शीर्षक ‘म फुल्दाफुल्दै मर्न नसकेकी सिमलकी रुख’ मार्फत आगोको रापको पीडा सुनाइरहँे । विस्मृत भएर सुनिरहे यहाँका पाटनहरूले, धुपीहरूले, देवदारहरू अनि यहाँका मनहरूले... । 

बालाजु