• १४ जेठ २०८१, सोमबार

पहिलो पल्ट टापुहरूको देशमा

blog

संसार एउटा विशाल पुस्तक हो । जसले प्रत्यक्ष यात्रा गरेको छैन त्यसले एक पाना मात्र पढेको हुन्छ भनेर  विद्वान् सेन्ट अगस्तिनले भनेका थिए । त्यस भनाइलाई मनन गर्दै म पनि यस पटक संसार पढ्न संवत् २०७९  पुस २२ देखि २९ गतेसम्म माल्दिभ्स र श्रीलङ्का जाने तरखरमा थिएँ । कोभिडका कारणले रोकिएको हाम्रो  विदेश यात्रा बल्ल टुङ्गोभयो । यस पटकको यात्रामा प्राडा प्रदीपचन्द्र गौतम, प्रा. चन्द्रबहादुर श्रेष्ठ, प्रा. होमनाथ  भट्टराई, राजकुमार श्रेष्ठ, सञ्जीव श्रेष्ठ, विष्णुप्रसाद तिमल्सिना र म थियौँ ।  

म पनि संसार घुम्न, हेर्न, अध्ययन गर्न र पढ्न भ्रमणका लागि  तयारी अवस्थामा थिएँ । मेरो माहिलो सालो गणेशलाल महर्जनले गाडी लिएर मलाई विमानस्थलसम्म पु¥याउन  घरमा आउनुभयो । बाबालाई पु¥याउन म जान्छु मामा ! तपाईं चिया खाँदै गर्नुस् भन्दै छोरा लक्ष्मणले  गाडी स्टार्ट गर्न थाले । मलाई बिदाइ गर्न मेरी अर्धाङ्गिनीले टीका लगाई सगुन दिएपछि बुहारी लक्ष्मीले पनि  टीका, खादा लगाई सगुन दिएर बिदाइ गरे । कान्छोले गाडी लिएर ढोकानिर रोकेपछि सबै लगेजहरू राखेर  बिदाइ स्वरूप सबैलाई हात हल्लाएर यात्रा सुरु ग¥यौँ । गाडीमा म, लक्ष्मण र बालकृष्ण गरी ३ जना थियौँ ।  मनमैजुमा प्राडा. प्रदीपचन्द्र गौतम सर र वनस्थलीमा प्रा. होमनाथ भट्टराई सरलाई पनि लिएर सीधै एयरपोर्टतर्फ लाग्यौँ । त्यहाँ सबै साथीहरू आइसकेका रहेछन् । सबैले फोटो खिचायौँ । लक्ष्मण र बालकृष्णलाई  धन्यवाद दिँदै हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश ग¥यौँ । त्यसपछि हामी व्रmमशः कागज पत्रहरू लिएर सुरक्षा जाँचतर्फ अगाडि बढ्यौँ । बिहान १०ः३० बजे नै सुरक्षा जाँच सिद्धियो । सम्पूर्ण काम समाप्त  भएपछि जहाज चढ्ने प्रतीक्षालयमा बस्यौँ । भर्खर खिचेका फोटा फेसबुकमा धमाधम लोड गर्न साथीहरू व्यस्त थिए । जहाज चढ्ने सबै यात्री उपस्थित हुँदै थिए । बिहान ११ बजे नै जहाज चढ्ने मौका मिल्यो । जहाजमा एयरहोस्टेजहरूले बिहानको ब्रेकफास्ट बाँड्न थाले । ब्रेकफास्ट खाँदै रमाइलो यात्राको कल्पना गर्दै  जाँदै थियौँ । भारतको मुम्बईमा ट्रान्जिट रहेछ । एक जना महिला कर्मचारी आएर हामीहरूलाई अनावश्यक दुःख दिने नियतले स्वास्थ्यकर्मी  भएको ठाउँमा लिएर गए । तपाईंहरू सबैले पिसिआर परीक्षण गर्नु पर्छ भन्ने कुरामा सानो कचिङ्गल भयो । बिनासित्ति घण्टौँ घण्टासम्म दुःख दिए ।  गुरु ट्राभल्सले कोभिडको प्रमाणपत्र भए पुग्छ, अरू केही गर्नु पर्दैन भनेको थियो । हामीले सबै ठाउँमा सोधिसक्याँै भन्ने कुरा जानकारी दिँदै सरासर अगाडि बढ्यौँ । हामी माल्दिभ्सको राजधानी मालेतर्फ उड्ने प्रतीक्षामा थियौँ । माल्दिभ्स पहिलो भ्रमण गर्ने तालिकामा थियो । तर हामी श्रीलङ्का भएर जानुपर्ने रहेछ । त्यतै लाग्यौँ ।  केही समयपश्चात पुनः हामी माल्दिभ्सका लागि उड्यौँ ।  

अनौठो देश  

हामी माल्दिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग-यौँ । हामीलाई लिन गाइड आइसक्नुभएको रहेछ । सामान्य परिचयपश्चात होटलतर्फ लाग्यौँ । होटेल अर्कै द्वीपमा रहेछ । हुलुमाले नामबाट कहलिएको रहेछ त्यो द्वीप । त्यो टापु माल्दिभ्सको सबैभन्दा ठुलो रहेछ । समुद्रसहित लगभग नब्बे हजार वर्ग किलोमिटर फैलिएर रहेको यो देशका सबै टापुहरूको भूमि दुई सय अन्ठानब्बे वर्ग किलोमिटरसम्म फैलिएररहेको छ । यो देश भौगोलिक रूपमा छरिएररहेको सार्वभौम राज्यहरूमध्ये एक हो । यो एसियाको सबैभन्दा सानो मुलुक पनि हो । यो देश एसियाका सबैभन्दा कम जनसङ्ख्या भएको दोस्रो मुलुक हो भने राजधानी माले सबैभन्दा  बढी जनसङ्ख्या भएको सहर पनि हो । त्यस देशबाट हिन्द महासागर चियाउन हिँडेका हामी । त्यो देशका टापुहरू विशाल हिन्द महासागरको भिन्न भिन्न ठाउँबाट छुस्स छुस्स हेर्दै लुकामारी खेल्दै गरेका देखिन्छन् । अथवा लुकामारी खेल खेल्न अण्डाकारमा घेरा लगाएर बसेको जस्तो आकाशबाट देखिन्थ्यो । आहा ! कति राम्रो दृश्य थियो त्यो । टापुको संस्कृति देश रहेछ । यो विश्वको सबैभन्दा तल्लो समुद्री तहमा अवस्थित भएको देश रहेछ । अनि यो देश सार्क  राष्ट्रहरूको संस्थापक पनि रहेछ । हामी बसेको हुलुमाले टापु कुनै बेला समुद्रमा डुबिसकेको रहेछ । त्यस  देशका विभिन्न सहरहरूबाट निस्केका फोहोरहरू सङ्कलन गरेर बनाइएको कृत्रिम टापु रहेछ । अहिले त्यहाँ  नयाँ नयाँ आधुनिक अपार्टमेन्टहरू बनाउने काम व्यवसायका रूपमा फस्टाएको छ । त्यो टापु दिनदिनै  आधुनिकीकरणतर्फ लम्किँदै छ । त्यहाँ समुद्रको पानी छिचोलेर सूर्याेदय हुने र साँझमा पनि समुद्रको पल्लो  कुनामा पसे जस्तो देखिन्छ । सूर्यास्तको समयमा समुद्रका विभिन्न मनमोहक दृश्यहरू अत्यन्त आकर्षक  देखिन्छन् । साँच्चिकै भन्ने हो भने माल्दिभ्स अनौठो देश रहेछ । त्यो संसारकै समथर देश मानिन्छ । त्यसैले त विश्वका अधिकांश नवविवाहित जोडीहरूको रोजाइको देश हुँदा रहेछन् । त्यहाँको मौसम एकनासे भएकाले  वर्षभरि नै ठुलो मात्रामा पर्यटक जाँदा रहेछन् ।  

विशाल हिन्द महासागरको बिचमा थुम्काथुम्का उठेका एक हजार दुई सय वटा साना ठुला सादृश्य टापुहरू थुप्रिएका रहेछन् । तिनै टापुहरूलाई माल्दिभ्स भन्दा रहेछन् । तर सबै टापुमा भने मान्छेहरू बस्दा रहेनछन् । एउटा टापुमा एयरपोर्ट मात्र बनाइएको रहेछ । जसलाई भेलेना इन्टरनेसनल एयरपोर्ट भनिन्छ । त्यो एयरपोर्ट संसारको सबैभन्दा कम उचाइमा  निर्माण भएको रहेको छ । त्यो देश समुद्री सतहभन्दा साढे एक मिटर (चार फिट एघार इन्च) मात्र माथि  रहेछ । कहिलेकाहीँ लाग्छ समुद्र नै जमिनमाथि आउँने  हो कि ? कुनै बेला समुद्रमा डुब्ने हो कि ? भनी  यहाँका मानिसहरू चिन्ता व्यक्त गर्दछन् । सायद  वैज्ञानिकहरूले “हिमालमा अनावश्यक रूपमा हिउँहरू पग्लिँदै छन्, वातावरण अनावश्यक रूपमा तात्दै छ, अमेरिका, रूस, चीन, भारतलगायतका धनी देशहरूले संसारको वातावरण बिगार्दै छन्, त्यसैको कारणले पृथ्वी अनावश्यक रूपमा तात्न गई माल्दिभ्स जस्ता देशहरू डुब्दै छन्” भनेर बारबार भन्ने गरेकाले हो कि ? 

यो सानो उचाइमा छोटो रनवे  भएकाले त्यहाँ जहाज अवतरण र उडान भर्न निकै गाह्रो रहेछ । केही गडबडी हुनेवित्तिकै जहाज हिन्द  महासागरमा पर्न सक्छ । समुद्र नै समुद्रको देश । झट्ट हेर्दा चारैतिर पानी नै पानीले भरिएको देश । बिहान दुई घण्टा फटाफट हिँडेपछि त्यो ठुलो टापुलाई पूरै घेरा मार्न सकिने रहेछ । त्यस सहरको बिचमा एउटा ठुलो  पार्क पनि बनाइएको रहेछ । म त्यतै लागेँ । पार्कमा कतै पनि गेट र पर्खाल रहेनछ । चौबिसै घण्टा खुला  त्यस पार्कलाई वाटर फाउन्टेन पार्क भन्दा रहेछन् । म्युजिक बजाएपछि पानीको नाच हेर्न पाइने रहेछ ।  त्यहाँ खेल्न, घुम्न र आनन्द प्राप्तिका लागि विशाल चौर पनि छ । कसरत गर्नका लागि युवाहरूलाई जिम हलहरू छन् । अर्धबैँसे र पाकाहरूका लागि पार्कमै कसरतका साधनहरू छन् । तर अचम्मको कुरा खेलकुद, जिम र रमाइलो गर्ने पार्कहरू सबै निःशुल्क रहेछन् । यो कुरा अनुकरणीय छ । यो देशमा रक्सी बेच्न निषेध गरिएको  छ । भट्टीपसल मुर्दावाद ! किनभने त्यो मुस्लिम राष्ट्र हो । त्यहाँ जाँड रक्सी प्रतिबन्ध छ । मुसलमान देश  भएर पनि त्यहाँका महिलाहरू खुल्ला छन् । त्यहाँ धिवेही भाषा बोल्ने गरिन्छ ।  

वाटर फाउन्टेन पार्कमा प्रत्येक शुव्रmबार त्यो देशमा पुगेका नेपालीहरू जम्मा भई एक आपसमा दुःख सुख र रमाइला रमाइला बातचित गर्दा रहेछन् । त्यो देशमा दस हजार नेपालीहरू काम गर्दा रहेछन् । तर त्यहाँ  नेपाली दूतावास भने रहेनछ । हाम्रो सरकार पूरै बेखबर छ, त्यहाँका नेपालीहरूको बारेमा । पार्क ठुलो छ ।  दिउँसो भन्दा पनि राति रङ्गीविरङ्गी पानीका फोहोराहरू हेर्न पाइने रहेछन् । 

साँझ ४ बजेतिर समुद्री किनार हुँदै पूर्वतर्फका भागहरूमा चन्द्र सर, होम सर, प्रदीप सर र म अवलोकन गर्न हिँड्यौँ । दुई तीन ठाउँका समुद्री किनारहरूमा यहाँ खेल्न मनाही छ भन्ने सूचनाहरू लेखिएका रहेछन् । ती समुद्री किनारै किनार भएर निकै अगाडि बढेपछि अर्काे आइल्यान्ड आए जस्तो लाग्यो । बिच भागमा चिरेर ठुलो नहर जस्तोबाट पानी बगेको छ । सायद पानीको तह मिलाउन होला । नहरका बिच बिचमा आकर्षक  पुलहरू पनि बनाइएका रहेछन् । हामी ती पुल पार गरेर अलि परैसम्म गयौँ र फर्किने व्रmममा सहरको बिच  भाग हुँदै आरुथा स्पोटर््स सेन्टर र फुटबल रङ्गशाला अवलोकन गर्दै फक्र्यौं । रात प-यो । डिनर खायौँ । सबै सुत्न गए । म पनि सुतेँ ।  

भोलिपल्ट अली अली ब्रेकफास्ट लिएपछि हुलुमाले टापुको उत्तर र पश्चिम खण्डहरूमा भ्रमण गर्न निस्क्यौँ । बिहान भए पनि राजकुमार र साथीहरूको निधारमा पसिना देखिन्थ्यो । हाम्रो देशमा चाहिँ वैशाख र जेठ महिनामा गर्मी अनि पुस र माघ महिनामा जाडो हुने गर्छ । त्यहाँ त एकनासे हुँदो रहेछ । उहाँको तापव्रmम सधैँ ३० देखि  ३५ डिग्री सेन्टिग्रडसम्म हुँदो रहेछ । बेस्सरी घाम लाग्नेभन्दा पनि त्यहाँको मध्य दिउँसो केही घाम चर्के जस्तो हुन्छ भने  बिहान बेलुका पनि यसै यसै तातो हुँदो रहेछ । 

समुद्री हावा सिरसिर आइरहने हुनाले बाहिरी शीतलता थियो नै तर भित्र भित्रभने गर्मी हुँदो रहेछ । तर  अचाक्ली गर्मी भने थिएन । कोठामा प्रवेश गर्नेबित्तिकै एसी चलाउनुपर्दाे रहेछ । साँझतिर फेरि अर्काे  आइल्यान्ड माल्दिभ्सको मुख्य राजधानी मालेतर्फ लाग्यौँ । त्यो टापु विश्वकै बढी जनघनत्व भएको सहरको सूचीमा रहेछ । त्यो राजधानीसँगै रहेको हुल्हुले टापु जोड्न चीनले मितेरी पुल बनाइदिएको रहेछ । त्यो आधुनिक पुल बनेपछि त्यहाँका मानिस निकै खुसी रहेछन् । त्यो पुल बन्नुभन्दा अगाडि पानीजहाजबाट  ओहोरदोहोर गर्नुपर्ने रहेछ । सन् २००४ मा सुनामी आउँदा त्यहाँका थुप्रैमानिसले ज्यान गुमाउनुपरेको  पीडा पनि रहेछ । त्यहाँका मानिस धेरै जसो काँचो सुपारीलाई मसिनो र पातलो हुने गरी काटेर ससना  प्लेटमा राखेर खाँदा रहेछन् । त्यहाँ कफी नखाने विरलै होलान् । त्यो देशमा कफी खाएर रक्सीको सुरमा बोल्नु  पर्दाे रहेछ । त्यहाँका मानिसहरू घरमा भन्दा पनि होटेल र रेस्टुरेन्टहरूमा खाना खाँदा रहेछन् । खानामा  सामान्यतया पिजा र वर्गर नै हुने रहेछन् । त्यो प्रमुख सहरका सबै कुरा बुझ्न गाइडको आवश्यक भएकाले उहाँमार्फत अवलोकन गर्ने तयारी ग-यौँ । त्यो देशमा भएका सबै सरकारी कार्यालयहरू त्यहीँ रहेछन् । त्यो आइल्यान्डको पूर्व र पश्चिमतर्फको दुरी दुई किमि छ भने र उत्तर र दक्षिणतर्फको दुरी डेढ किमिसम्म फैलिएर रहेका रहेछन् । दरबार पनि त्यहीँ रहेछ । अल सुल्तान मोहमद फारेदुल अवाल नाम गरेका सन् १९६४ का अन्तिम  राजा रहेछन् । त्यसपछि भने राष्ट्रपति प्रणाली लागु भएको देखिन्छ । अन्तिम राजाको दरबार सामान्य थियो  । सुल्तान राजाको दरबार हाम्रा पहाडको सानो घर झैँ तीन तलाको रहेछ । दरबारभित्र जान निषेध रहेछ ।  सुल्तान पार्कमा मात्र घुम्न दिइँदो रहेछ । पार्क भने पाँच, छ रोपनीको सामान्य थियो ।  

जेल आइल्यान्ड  

माले टापुको ठिक अगाडिपट्टि उत्तरतिर जेल आइल्यान्ड रहेछ । सो टापु लगभग पचास रोपनी बराबरको होलान् । त्यहाँ कैदीहरू मात्र राखिँदो रहेछन् । त्यसैले त्यस टापुलाई जेल आइल्यान्ड  नामाकरण गरिएको रहेछ । उत्तरपूर्वीतर्फ फ्युल आइल्यान्ड पनि रहेछ । त्यहाँ तेल प्रशोधन गर्ने काम मात्र हुँदोरहेछ । त्यो ससाना टापुहरूको देश भएकाले टापुपिच्छे अलग अलग नामकरण  गरी व्यवस्थापन गरिएको रहेछ । त्यस राजधानी टापुमा जम्मा  एक लाख चालिस हजार जनसङ्ख्या रहेछन् । प्रशस्त मानिसहरू ओहोरदोहोर गरेका र व्यस्त पसलहरू भेटिए त्यहाँ । त्यहाँको मुख्य आयश्रोत भनेको पर्यटन व्यवसाय रहेछ । त्यस व्यवसायले ७५ प्रतिशत अर्थ व्यवस्था धानेका रहेछन् । माछा व्यवसायबाट २० प्रतिशत आम्दानी रहेको छ भने अन्य विविध कुराबाट ५ प्रतिशत मात्र आम्दानी हुने कुरा गाइडले बताएका थिए । त्यसैले त्यहाँको मुख्य पेसा पर्यटन हो । त्यस देशले अन्न, खानेकुरा, लुगाफाटालगायत  जीविका चलाउन ९५ प्रतिशत आयात गर्दा रहेछन् । तर पनि यो देश सम्पन्न छ । त्यहाँ प्रतिव्यक्ति आय १६ हजार अमेरिकी  डलर रहेको छ । यो दक्षिण एसियामै प्रतिव्यक्ति आयमा उच्च छ । तर त्यो देश दक्षिण एसियाको सबैभन्दा  सानो रहेछ । अनि एसियाको सबैभन्दा दोस्रो कम जनसङ्ख्या भएको देश पनि रहेछ । त्यो देशको जम्मा  जनसङ्ख्या चार लाख पचास हजार छ भने ९९ प्रतिशत साक्षरता दर रहेको छ । त्यहाँको शिक्षा निकै तगडा र मजबुत देखिन्छ । तर अचम्मको कुरा त्यो देशमा विश्वविद्यालय रहेनछ । उच्च शिक्षाको लागि विदेश जानु पर्दाे रहेछ  । त्यहाँ कुनै पनि देशका नागरिकलाई नागरिकता दिने प्रचलन रहेनछ । त्यहाँका मासिहरू भने दयालु नै देखिन्छन् । त्यहाँ जुनसुकै देशका मानिसहरू आएर त्यतिकै बस्दा र काम गर्दा फरक पर्दैन तर विदेशीहरूलाई  नागरिकता भने दिइँदैन रहेछ ।  

फिलाटेलिक सङ्ग्रहालय  

माल्दिभ्सको राष्ट्रिय म्युजियम पनि अवलोकन गर्ने मौका  मिल्यो । १५५ माल्दिभ्सको रुपियाँ (माल्दिभ्स १ बराबर नेपाली  ८.४६ रुपियाँ) प्रतिव्यक्ति तिरेर प्रवेश ग-यौँ । त्यहाँ पुराना माटाका भाँडाहरू, नमुनाघरहरू, लुगाहरू थरीथरीका रहेछन् । पुराना पुराना हातहतियार पनि रहेछन् । निकै पुराना ढ्याकहरू र नोटहरू पनि सजाएर राखिएका छन् त्यहाँ । निकै  पुराना लिपिहरू पनि छन् । 

प्राचीन शैलीबाट बनाइएका पित्तलका पाताहरूमा लेखिएका अक्षरहरू पनि रहेछन् । ढुङ्गामा कँुदिएका अक्षरहरू पनि छन् । त्यहाँ अत्यन्त पुराना लिपिहरू तामा, कागज र ढुङ्गाहरूमा लेखेर राखेका पुराताìिवक कुरा पनि देख्न पाइयो । लगत्तै विभिन्न शताब्दीमा लिपिबद्ध गरिएका कागजका पाना र अझै पुराना छुट्टिएका पाना र टुव्रmाहरू पनि मिलाएर राखिएका छन् । ढुङ्गाको ओखल पनि देख्न पाइयो । गँगटो र कछुवाहरू जस्ताको तस्तै दुरुस्त प्रदर्शनमा राखिएको पनि देखियो । विरलै पाइने ठुला ठुला समुद्री माछाका कङ्कालहरू पनि सजाएर राखिएका थिए । त्यहाँ परम्परागत रूपमा बसोबास गर्ने पुरानो शैलीका खरका छाना जस्तो घरका नमुना पनि थिए । देवीदेवता, मठमन्दिर, ढुङ्गेधाराको मतलब थिएन त्यहाँ । मात्र, त्यहाँ पुराना पैसा, पुराना तरबारहरू, माछा मार्ने जाल, माछाको कङ्काल, पुराना पैसाहरू मिलाएर  राखेका थिए । यी कुराले त्यस देशको शोभा दिइरहेको थियो ।  

पानीमुनिको अनौठो होटेल  

आफ्ना ग्राहकहरूलाई आश्चर्य चकित पार्न संसारमा अनेक प्रकारका होटेलहरू खुल्न थालेका छन् । पानीमुनि बनेका विश्वमै अनौठा होटेल खुलेका छन् । त्यसमध्ये पानी नै पानीको देश माल्दिभ्सले नबनाउने त कुरै  भएन । हिन्द महासागरको बिचमा अर्थात् माल्दिभ्समा हुवाफेन फुसी र मुराका माल्दिभ्स नामक होटेलहरू खुलेका छन् । ती होटेल अन्यन्त आकर्षक रहेका छन् । अचम्मको छ । अनौठो छ । सुविधा जनक छ । त्यहाँको स्पा पानीमुनि लगभग २५ फिट तल गहिराइमा जान सकिन्छ । 

त्यहाँ संसारकै पहिलो पानीमुनिको स्पा छ । त्यस बाहेक स्विमिङपुल जिम, योगलगायतका सुविधाले सम्पन्न बनाइएका अचम्मका कुरा छन् । म त्यहाँ पुग्न सकिनँ । विमानस्थलबिना पानीमै अवतरण गर्ने हवाइजहाजमा (सी प्लेन) बसेर बिस मिनेट उत्तरतर्फ जानुपर्दाे रहेछ । त्यस होटेलमा जान, आउन, बस्न र खानका लागि दिनभरि समय चाहिन्थ्यो । अनि अलग्गै पाँच लाख रुपियाँ तिर्नु पथ्र्याे । निकै महँगो रहेछ । विश्वमा यस्ता अदभुत होटेलहरू आठ वटा बनेका रहेछन् । जुन दुई वटा माल्दिभ्समा छन् ।  

आफ्ना ग्राहकहरूलाई नौलो अनुभूति दिनका लागि बनाइएका यी होटेल विश्वमा हालसम्म आठ वटा मात्र बनेका छन् । समुद्रमा भएका जीवहरूको संसार हेर्दै हेर्दै खानु अलगै कति मजा आउँछ होला । पानी माथिका दृश्यहरू, पानीमुनिका दृश्यहरू र पानीमा बस्ने जीवहरू रमाइरहेका, खेलिहरेका अनि आआफ्नो गन्तव्यमा गइरहेका मनमोहक दृश्यहरू प्रत्यक्ष रूपमा देख्न पाइने रहेछ त्यहाँ । यसरी विश्व दिनपरदिन आधुनिकतातर्फ लम्किँदै गरेको आभाष हुन्छ । 

सिङ्गापुरको होटेलमा विभिन्न प्रकारका चालिस हजार माछाले भरिएको एक्वारियम पनि देख्न सकिन्छ । त्यहाँ पानीमुनि बनेका एघारतले लजहरूको छुट्टाछुट्टै व्यवस्था रहेछ । दुबईमा बनेको होटेलमा पैँसट्ठी हजार जीवहरूको अवलोकन गर्न सकिने रहेछ । चीनको होटेलमा भने अझै आकर्षक कुरा देख्न  सकिने रहेछ । त्यस होटेलको माथिल्लो तलाका कोठा र बालकनीबाट बगिरहेको झरनाको मनमोहक दृश्य पनि देख्न सकिने रहेछ । तान्जानियामा बनेको होटेलबाट कोरल चट्टानका दृश्यसमेत देख्न पाइने रहेछ । 

यो होटेल पानीमाथि बनाइएको छतबाट सारा समुद्र र खुल्ला आकाशको बेजोड अनुभूतिसमेत प्राप्त  गर्न सकिने रहेछ ।  

मुगाको घर  

राजदरबारको अगाडितिर एउटा चर्च रहेछ । त्यहाँसँगै ठुला ठुला मानिसको मृत्यु हुँदा अन्येष्टि गर्ने समाधि क्षेत्र पनि  रहेछ । सो ठाउँमा महिला जान निषेध गरिएको रहेछ । पर्यटकहरूलाई भने कुनै रोकटोक थिएन । ठिक यसको  अगाडिपट्टि समुद्रका मुगाहरूले बनाइएका ढुङ्गाहरूबाट निर्माण गरिएका आकर्षक बुट्टाहरू भएको सानो मन्दिर जस्तो (४ बाई ४ र उचाइ ६ फिटको) पनि रहेछ । त्यो समुद्री चट्टान बनाउन लाखौँ  वर्ष लाग्छ भन्ने कुरा पनि थाहा पाइयो । फिस मार्केट ठिकै लाग्यो । समुद्रमा जाल हानेर पव्रmेर ल्याएका साना  साना असला माछादेखि खसी जत्रा माछा हुँदा रहेछन् । ग्राहकको छनोट र आवश्यकता अनुसारका माछा तौलेर दिइँदा रहेछन् । मासु पसलहरू बग्रेल्ती नै थिए । रगतै रगतले पोतिएका बगरेहरू मासु काट्न  व्यस्त थिए । नजिकै दुई मिनेटको दुरीमा रहेको सरकारी भवन बाह्र तलाको रहेछ । सबै मन्त्रालयहरू त्यो  एउटै भवनमा हँुदोरहेछन् । सडकको अर्काेतिर सर्वाेच्च अदालत पनि छ । लगभग पाँच मिनेटको दुरीमा सबै  सरकारी तालुक अड्डाहरू बनाइएका रहेछन् । 

समुद्री यात्रा  

अर्काे दिन हामी समुद्री जहाज चढेर दिनभरिको यात्राको तयारीमा निस्क्यौँ । त्यहाँ पानीजहाजको निकै भिडभाड थियो । हाम्रो देशमा गाडीका भीड जस्तै । अनि हामी पनि अलग्गै पानीजहाज चढेर गयौँ । समुद्रको बिच भागमा पुगेपछि अलिक पर साना साना टापुहरू देखिने ठाउँमा गएर जहाज रोकियो । जहाँ अलिकति गहिरो कम रहेछ । एउटी भक्कासे जर्मनी कुइरेनी पहिले हामफाली समुद्रमा । भक्खरका जोलाहरू पनि घुम्न आएका रहेछन् । लगभग बेलायत र डच मूलका हुनु पर्छ तिनीहरू । कुनै सङ्कोच नमानी धमाधम लुगाखोले तिनीहरूले । लगौटी जस्ता कपडा जसले मुस्किलले गुप्ताङ्ग छोपिएका थिए उनीहरूको । समुद्रमा  झ्याम्म झ्याम्म फालहाली चार पाँच जना तरुनीहरू । तिनीहरू पौडी खेलेर निकै टाढा लगभग पाँच सय  मिटरभन्दा परसम्म गए, जहाँ सानो बालुवाको थुप्रो देखिन्थ्यो । हामी समुद्र नदेख्नेहरू पानीजहाजमै बसेर  रमिते हेर्नुको विकल्प थिएन । एक घण्टापछि पानीजहाज चालकको सङ्केतबाट तिनीहरू फर्किए । फेरि उही कुरा निथ्रुक्क भिजेका ती तरुनीहरू उत्तेजनक ठुला ठुला साँप्रा र नितम्ब देखाउँदै मलाई पुलुक्क हेरी मुसुक्क मुस्कुराउँदै आफ्नो प्रेमीकालाई आलिङ्गन गरी चुम्बन गरिन् । अनि केश फुकालिन् र चिम्टीले सँगालिन् । त्यसपछि पानीजहाजको बाहिरी भागमा रहेको धाराले समुद्री नुनिलो पानी पखाली नाङ्गै छतमा घाम ताप्न गइन् । लाज  नभएका नकचरीहरू ! हाम्रा देशमा भए त्यो दृश्य आपत्तिजनक थियो । 

हिमाफुसी आइल्यान्ड पुग्दा

बिहानको बाह्र बज्नै लागेको थियो । हामी हिमाफुसी आइल्यान्डमा पुगेर खाना खान लाग्यौँ । निकै भोक लागेको हुनाले खानामा माछाका भेराइटीहरू थालभरि राखेर खान म पनि बसेँ । खाना खाने व्रmममा ठुलो माछा फ्राई गरेको एक टुक्रा मासु मुखमा हालँे । त्यो मासु चपाउँदै जाँदा त मुखभरि फिँजियो । बेस्वादको थियो । पानीबिना निल्नै नसक्ने । अन्य तरकारीहरू भने मिठो थियो ।  

हिमाफुसीबाट फर्किने क्रममा बिच बाटोमा फेरि पौडी खेल्न पानी जहाज रोकियो । जहाँ १०० फिट लामो अर्धगोलाकार रूपमा तल समुद्र किनारबाट ४, ५ फिटमाथिसम्म देखिने गरी ढुङ्गाको चाङ मिलाएर राखिएको रहेछ । सायद सुरक्षाका लागि होला । त्यहाँ जहाजमा बस्ने सहयोगीहरूले पाँच सात वटा ट्युबहरू फुत्त फुत्त समुद्रमा फ्याँके । सायद गहिरो थियो होला त्यहाँ । पाइलट र अरू दुई जना भने चस्मासहित पानीमा स्वास फेर्न मिल्ने पाइप टाउकोमा लगाएर फालहाले र समुद्रका भित्र पिँधसम्म गएर सुइरोले घोचेर माछाहरू लिएर आए । ती माछा मार्न सिपालु भाइहरूको यो सिलसिला घण्टौँसम्म चल्यो त्यहाँ । त्यो देशमा अरू कुराहरू हेर्नभन्दा पनि समुद्रको पानीमा रमाइलो गर्न मात्र आउँदा रहेछन् पर्यटकहरू । हामीलाई भने अरूले रमाइलो  र आनन्द लिएको हेर्दै त्यसै त्यसै रमाइलो मान्नुपर्ने बाध्यता थियो । किनभने हामी पानीभित्र पस्न डरायौँ । लाइफ ज्याकेट लगाएर पानीमा जान मालिक अनुरोध गर्दै थिए । तर गएनौँ । हाम्रो ग्रुपमा पाँच छ वटा देशका मानिसहरू थिए । उनीहरू पानीमा खेल्न सिपालु थिए । कहिले पानी माथि आउँथे भने कहिले माछा जस्तै पानी भित्र भित्र सुलुलुलु जान्थे । सबैले भरपुर आनन्द लिए । समुद्रमा पौडी खेलिसकेर सबैजना हाँस्तै डुङ्गामा चढे । उनीहरू खुसीले हाँस्दै आएपछि प्रदीप सर झनै हाँस्नु भयो । चन्द्र सर आधा हाँसोमा अड्नु भयो । होम सर र म तिन छक्क प-यौँ । हाँसोको बारेमा झट्ट नबुझ्दा । फर्किने क्रममा पानीमाथि बनाइएका काठका थुप्रै घरहरू देख्यौँ । ती त विवाह गर्नुभन्दा पहिले इन्गेजमेन्ट गर्ने ठाउँ रहेछन् । निकै थिए त्यस्ता काठेघरहरू । फर्किने क्रममा  ठुलठुला समुद्री छालहरूको सामना गर्नु प-यो । ठाउँ ठाउँमा उफ्रिँदै गरेका डल्फिनहरूको झुन्ड पनि हेर्न पाइयो । दिनभरिको पानी जहाजबाट यात्रापश्चात हामीहरू कोठामा आएर दिनभरीका घटनाक्रमहरू सबै साथीहरूलाई जानकारी दिन फेसबुकमा अपलोड ग-यौँ । अनि ६ लाइनको कविता याद आएकाले कोर्न बसेँ । 

छन् चारैतिर पानी नै पानी  

शान्त र स्थिर हुने तिनको बानी  

खोला, नाला र झरना कतै देखिनँ मैले  

चारैतिर छन् कि भनी खोज्दै हिँडे अहिले  

यता हेर्छु समुद्र त्यता हेर्छु समुद्र  

सबैतिर देख्छु म जताततै समुद्र  

हिन्द महासागरीय क्षेत्र

त्यो विशाल सागर हेर्न यात्रीहरू किनारभरि थिए । मेरो छेउसम्म आइपुग्ने समुद्री छालहरू सयौँ किलो मिटर परसम्म सेतै देखिन्थ्यो । हामीलाई त्यो छालले पटक पटक मिठो हावा ल्याइदिन्थ्यो । म त्यो समुद्री किनारमा घण्टौँसम्म बसेँ । वास्तवमा त्यो सागर तनाव र भयमुक्त गर्ने नेचुरल थेरापी सेन्टर पो रहेछ । सबै जना एक ध्यानले  पलेँटी मारेर पटकै पिच्छे आइरहने ती छालहरू एकोहोरो ढङ्गबाट हेरिरहन्थे । मलाई लाग्थ्यो– मानिसहरू समुद्री किनारमा दुःख, कष्ट पीडा, वेदना, छटपटी, सबै सबै विर्सन आएका रहेछन् । त्यो समुद्रको पानी हाम्रै देशको जस्तो लाग्यो । हत्केलामा एक अँजुली पानी लिएर नियालेर हेरेँ । आप्पै ! कस्तो चिसो पानी रहेछ । मेरो सगरमाथाको पानी त्यहाँ पुगेका रहेछन् । बग्दा बग्दा थाकेकाले होला अलि शान्त देखिन्थ्यो । सबै सबै खुसी देखिन्थे । मनमनै सोचँे आखिर प्रकृतिसँग नरमाउने को होला र ?