• २७ वैशाख २०८२, शनिबार

संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : पूर्व प्रधानमन्त्री खनाल

blog

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल । फाइल तस्बिर

काठमाडौं, चैत २० गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ। 

मङ्गलबार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताउनुभयो। उहाँले सडकबाट जनताका आवाज बुलन्द गर्दै एकत्रित बनाएर आन्दोलित हुनु जरुरी रहेको बताउनुभयो। 

उहाँले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताउनुभयो। उहाँले जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने काम नगरिकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बतउनुभयो। उहाँले अहिलेको सरकार विचार मिल्नेको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रम अघि बढाउनु आवश्यक रहेको बताउनुभयो।

उहाँले भ्रष्टाचारलाई उन्मूलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो।