• १२ साउन २०८१, शनिबार

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव

blog

बलुचिस्तान (पाकिस्तान), चैत  २० गते । पाकिस्तानको बलुचिस्तानका  विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अभिभावक आक्रोशित बनेका छन् । 

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालयहरूमा आवश्यक सामग्रीसहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौँ विद्यार्थी निराश बन्नुपरेको छ ।”

‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँचभन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।

एक्काइसौं शताब्दीमा विश्वले  शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा दुर्भाग्यवश बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालय बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

यसैबीच शिक्षक र अन्य कर्मचारीले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लामध्ये गणना गरिन्छ ।  जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाउनुभयो ।  रासस/एएनआई