• २७ वैशाख २०८२, शनिबार

बागमतीमा मन्त्री आलेमगरद्वारा शपथ

blog

नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्री पदको शपथ गराउँदै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा। तस्विरःराममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत २० गते । बागमती प्रदेशको मन्त्री परिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले नेकपा  नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्रीमा नियुक्ति गर्नुभएको हो । 

आलेमगरलाई मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । मन्त्रालय पछि तोक्ने गरी आलेमगरलाई विना विभागीय मन्त्रीमा नियुक्ति गरिएको छ । आलेमगर दोस्रो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो । 

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट मन्त्रीको सङ्ख्या तीन जना पुगेको छ । आलेमगर काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० (२) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।