• १५ वैशाख २०८१, शनिबार

आयरल्यान्डले नेपाललाई दियो २२३ रनको चुनौती

blog

काठमाडौँ, चैत १६ गते । आयरल्यान्ड ‘ए’ टोलीले ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनायो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८-३८ रन बनाए । स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए । नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । रासस