• १३ साउन २०८१, आइतबार

जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते

blog

बलेरो जिप

अर्जुन काफ्ले 

स्याङ्जा, चैत १० गते । वालिङ नगरपालिका वडा नं. ११ छत्युनमा बोलेरो जिप दुर्घटनामा नौजना घाइते भएका छन् । 

भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नं. को बलेरो जिप ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको हो । प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते भएको बताउनुभयो ।

जिप दुर्घटनामा वालिङ नपा ११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नपा ५ का ३० वर्षीय विन्दु खवास, वालिङ नपा ११ जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, १७ वर्षीय करिना खवास गम्भीर घाइते भएको रानाले बताउनुभयो । गम्भीर घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको रानाले बताउनुभयो । दुर्घटनामा चालकवालिङ नपाका ज्ञान प्रसाद पंगेनी, सुकमाया सुन्धौली, नम्रता खत्री घाइते भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताउनुभयो ।