• १६ वैशाख २०८१, आइतबार

अवैध क्रसर बन्द

blog

शेरबहादुर राई
ओखलढुङ्गा, चैत ८ गते ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अवैध रुपमा सञ्चालन भएको क्रसर बन्द गराएको छ । सिद्धिचरण नगरपालिका–८ जरङ्गेडाँडामा सिद्धिचरण राजमार्ग नजिकै अवैध रुपमा सञ्चालनमा रहेको क्रसर प्रशासनले बन्द गराएको हो ।

अवैधानिक तवरले सञ्चालन गरिएको पाइएकाले बन्द गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो । “अवैध तरिकाले सञ्चालन गरिएको पाइएकाले बन्द गराएका छौं, कानुनी प्रक्रिया पु¥याउन सके पछि सञ्चालनमा आउला तर अहिलेलाई पूर्णरुपमा बन्द गराएका हौं ।”

प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । करिब दश वर्ष अघि सिद्धिचरण राजमार्ग कालोपत्रे गर्नका लागि आवश्यक गिट्टी उत्पादन गर्न उक्त क्रसर सञ्चालन गरिएको थियो । त्यस पछी केही वर्ष बन्द भएको क्रसर केही स्थानीयले पुनः विना इजाजत मापदण्ड विपरीत क्रसर सञ्चालनमा ल्याएर गिट्टी बिक्री गर्दै आएका थिए ।

क्रसर सञ्चालनका लागि सिद्धिचरण नगरपालिकामा दर्ता प्रक्रिया अगाडि बढाइएको सञ्चालकमध्येका अशोककुमार तामाङले जानकारी दिनुभयो । सार्वजनिक रुपमा गुनासो आएपछि क्रसर बन्द गराइएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।