• १६ वैशाख २०८१, आइतबार

ताप्लेजुङका सीडीओ र डीएसपीको सरुवा

blog

प्रजिअ हीरादेवी पौडेल र प्रनाउ राजन लिम्बू । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल र ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूको सरुवा गरेको हो ।

चार महिना अघि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आउनुभएका पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ । उहाँलाई मङ्गलबार सरुवा गरिएको हो ।

यस्तै एक वर्षअघि प्रहरी प्रमुखको जिम्मेवारीमा ताप्लेजुङ आउनुभएका प्रहरी नायब उपरीक्षक लिम्बूलाई गृह मन्त्रालयले बुधबार सरुवा गरेको हो ।उहाँको नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश अपराध समन्वय शाखा नक्सालमा सरुवा भएको छ । उहाँहरुको सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीमा रवीन्द्र आचार्य र प्रहरी प्रमुखमा प्रनाउ रवि रावल आउनुहुने भएको छ ।