• १६ वैशाख २०८१, आइतबार

खन्ती प्रहारबाट साथीको हत्या

blog

बिर्तामोड समाचारदाता
बिर्तामोड, चैत ८ गते ।
बिहीबार बिहान ५ बजेको समयमा झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गङ्गा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमानसिंह राई (लोके)ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कमान र सनम साथी हुन्। कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।