• १६ वैशाख २०८१, आइतबार

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति रुख कटान सुरु

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, चैत ८ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले तराईको वन विकासको मेरुदण्ड भएको बताउनुभएको छ ।  बुधबार मोरङको कानेपोखरी–७ मा एसियाली विकास बैङ्कको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यव्रmमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री उप्रेतीले भन्नुभयो, “बाधा अडचन आए त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने छ । वन विकासको बाधक भएको भाष्य तयार भइरहेको छ । एउटा रुख काट्ने निर्णय गर्नुपूर्व त्यो रुख हुर्काउन लागेको समय पनि समीक्षा गर्नु पर्छ ।” उहाँको बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । 

सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख अल्लाउद्दिन अन्सारीका अनुसार मोरङ खण्डको ३६.२ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ वटा रुख पर्छन् । आयोजना क्षेत्रमा कुल १५ हजार सिएफटी काठ कटान गरिने छ । यसमा लाथ्रा, पोल र ठुला रुख रहेका छन् । वनले प्राविधिक सहयोग मात्र गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “कटान, मुछान र ढुवानीको काम सडक विभागले नै गर्ने छ ।” काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । सडक दुई खण्डमा ठेक्का लागेको हो । काँकडभिट्टादेखि दमकसम्मको ४५ किलोमिटर सडक दमक कार्यालयले हेर्ने छ भने दमकबाट इटहरीपश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्ने छ । 

काँकडभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले भन्नुभयो,  “चैत ५ गते डिभिजन वन कार्यालयबाट कटान आदेशको पत्र आयो । हामीले चैत ६ गते नै कटानको प्रव्रिmया सुरु गरेका छौँ ।” दमकपश्चिमको सडक भाग ३ मा पर्छ । मोरङको मात्र स्वीकृति प्राप्त भएको हो । मोरङ खण्डको सडक किनारका रुख दुई महिनाभित्र हटाइसक्नुपर्ने छ । निर्माण कम्पनीले सबै काम गर्ने भएकाले ढिलो हुने कुनै सम्भावना नरहेको कार्यालय प्रमुख प्रजापतिले बताउनुभयो ।