• १२ साउन २०८१, शनिबार

ललितपुरले कोरियाको सीप र प्रविधि अनुसरण गर्नुपर्ने

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल आएका कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहित अन्य सहभागी । तस्बिर : ललितपुर महानगर

ललितपुर, फागुन १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुर महानगरको निमन्त्रणामा नेपाल आएका कोरियाको चेओरवन सहरका मेयर  ली ह्युन जोङले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा चेओरवन सहरको मेयरको प्रतिनिधिमण्डल ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहित शीतलनिवास पुगेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विदेशी पाहुना नेपाल आउँदा राष्ट्रप्रमुखलाई भेटाउनु कर्तव्य भएको बताउनु भयो । राष्ट्रप्रमुख रामचन्द्र पौडेललाई भेट्न पाउँदा चेओरवनको मेयर खुशी भएको उहाँकाे प्रतिक्रिया भनाइ छ । 

‘‘यो भ्रमणले दुई सहरबीचको सम्बन्ध अझै बलियो हुनेछ । फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरका लागि महत्वपूर्ण हुने छ ।’’  राष्ट्रपतिकाे भनाइ उद्धृत गर्दै महानगर प्रमुख महर्जनले भन्नुभयो ।

महानगर प्रमुख महर्जनका अनुसार, राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताउनु भयो। चेओरवन सहरको मेयरसहितको समूह तीन दिनअघि नेपाल आएको थियो ।