• १२ साउन २०८१, शनिबार

वातावरणीय जागरणका लागि अध्यक्ष ओलीको गुह्येश्वरी-धाप बाँध यात्रा

blog

अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, फागुन ५ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी-धाप बाँधको यात्रा गर्नुभएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर-सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो । 

यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायलाई घच्घच्याउन स्थानीयलाई आग्रह गर्नुभयो । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उक्त बाँध निर्माण गरी त्यहाँ सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन बनेको थियो भने परियोजना कार्यान्वयन सिँचाइ एकाइ सञ्चालनमा आएको छ । 

गोकर्णेश्वर नगरपालिका-१ स्थित पर्ने २४ मिटर उचाइको हुने बाँध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलोमिटर दूरीमा पर्छ । एमाले जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बाँध निर्माण सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गरिएको जानकारी दिनुभयो । रासस