• १३ साउन २०८१, आइतबार

एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ १९ गते। नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ।

पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना लगायतले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गर्नुभएको हो। नवौं अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र सो अधिवेशनले २०८४ को चुनावमा कैलाली जिल्लालाई एमाले किल्ला बनाउने गरेर सन्देश दिने बताउनुभयो। 

एमाले जनताप्रति उत्तरदायी पार्टी हो त्यसैले गर्दा नेपालमा ३७ लाख सर्वसाधारणले सामाजिक सुरक्षा भत्ता पाइरहेको उहाँले बताउनुभयो। जनताका लागि फेरि पनि एमाले आवश्यक छ त्यसैले पाँचवटा सङ्घीय निर्वाचन क्षेत्र, १० वटा प्रदेश निर्वाचन क्षेत्र, १३ पालिका र प्रदेशकै एक मात्र उपमहानगर कैलालीमा छ। 

पूर्व सङ्घीयमन्त्री समेत रहनु भएका नेता ठगुन्नाले एमालेको सरकारका बेला सञ्चालिन रणनीतिक सडक, अस्पताल र औद्योगिक क्षेत्रका काम अहिलेको सरकारले रोकेको आरोप लगाउनुभयो।

एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले पालिका, सङ्घ, प्रदेश कैलाली जिल्ला एमालेको बनाउ किल्ला भन्ने नाराका साथ हुन लागेको जिल्ला अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने बताउनुभयो।

उहाँले अधिवेशन ६ र ७ गते हुने भए पनि अधिवेशन ठिक तरिकाले सञ्चालन गर्न फागुन ३ गते नै इच्छुकहरुलाई विभिन्न पदमा मनोनयन गर्ने समय दिएर नयाँ अभ्यास गरेको बताउनुभयो। उहाँका अनुसार थारु, दलित र महिलालाई धेरै भन्दा धेरै समट्ने गरेर प्रतिनिधि छनाेटको मापदण्ड बनाइएको छ। 

एमालेले अधिवेशनको उद्घाटन समारोहमा धेरै भन्दा धेरै जनताको उपस्थिति गराउन कैलालीका घरघरमा निमन्त्रणा कार्ड पठाउने तयारी गरेको जिल्ला सचिव डेजी पाण्डेयले बताउनुभयो।