• ४ जेठ २०८२, आइतबार

गम्भीर आत्मसमीक्षासहित जनतामाझ

blog

दिपायलमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : केशवचन्द्र महरा

दिपायल समाचारदाता

दिपायल, जेठ ४ गते  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर आत्मसमीक्षासहित जनतामाझ आएको बताउनुभयो । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान’ अन्तर्गत दिपायलमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले विगतमा भएका कमीकमजोरी सुधार गर्दै गम्भीर आत्मसमीक्षासहित अभियान थालनी गरिएको बताउनुभयो । 

माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले देशमा ठुलठुला विकास आयोजना अघि बढेको दाबी गर्दै उहाँले विगत ८÷१० वर्षयता जनतासँगको सम्बन्ध र सम्पर्क बढाउन नसकेको स्वीकार गर्नुभयो । “हामीलाई सिंहदरबारमा पु¥याउन, विस्तृत शान्ति सम्झौतामा पु¥याउन र तीन÷तीन पटक सरकारको नेतृत्वमा पु¥याउन कांग्रेस, एमालेको कुनै हात छैन,” अध्यक्ष प्रचण्डले दाबी गर्दै भन्नुभयो, “हामीलाई यो देशका गरिब किसान, मजदुर, दलित, मुस्लिम, जनजाति, महिलालगायत उत्पीडित वर्ग र समुदायले त्यहाँसम्म पु¥याएका हुन् ।” 

जनताका नजिक जति जानु पथ्र्यो, जनताका पीडा सुन्नु पथ्र्यो, त्यति नसकिएको बताउँदै उहाँले पार्टीका तर्फबाट गम्भीर त्रुटि भएको बताउनुभयो । त्यसको आत्मसमीक्षा गरेर, फेरि जनताका साथमा रहेर जनताका कुरालाई आत्मसात् गर्दै अभियानलाई अगाडि बढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानको मूल उद्देश्य भनेको आफूभित्रको त्रुटिलाई स्वीकार गर्दै जनतासँग बलियो सम्बन्ध बनाउने हो ।’’ अध्यक्षले प्रचण्डले माओवादी केन्द्र बलियो भयो भने मात्रै जनता बलियो हुने दाबी गर्नुभयो । बिचौलियाविरुद्ध सङ्घर्ष गरेको हुनाले षड्यन्त्रपूर्वक आफ्नो नेतृत्वको सरकारलाई हटाइएको दाबी गर्दै अध्यक्ष प्रचण्डले आफूहरू भ्रष्टाचार र अनियमिताविरुद्ध सङ्घर्षलाई त्यत्तिकै नछाड्ने धारणा राख्नुभयो ।