बैतडी समाचारदाता
बैतडी, जेठ ४ गते । अन्तर्राष्ट्रिय परिवार दिवसका अवसरमा बैतडीको एक विद्यालयले पाँच वटा असल परिवारलाई सम्मान गरेको छ । समाज तथा घरपरिवारमा मिलेर बस्ने, बालबालिकालाई नियमित विद्यालय पठाउने, विद्यालयका कार्यक्रममा सव्रिmय सहभागिता जनाउने परिवार सम्मानित भएका हुन् ।
पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले सेवा क्षेत्रभित्रका पाँच असल परिवारलाई विद्यालयमा कार्यव्रmम आयोजना गरेर सम्मान गरेको हो । उहाँहरूलाई फूलमाला, टीका, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।
सम्मानित हुने उत्कृष्ट घरपरिवारमा पाटन नगरपालिका–८, राङ्गाजुजौनाका कृष्णसिंह महरा, देवतापूजाका नरबहादुर महरा र खालीडाँडाका ज्ञानेन्द्रप्रसाद भट्ट रहेका छन् । त्यसै गरी धारापानी ९ नम्बरका कलावती भाट र गैराखानाकी पार्वती भाट सम्मनित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो ।
उहाँले घरपरिवार तथा समाजमा मेलमिलाप गरेर बस्ने, बालबालिकाको हेरचाह, विद्यालयका कार्यव्रmममा सव्रिmय सहभागिता जनाउने, विद्यालयका सूचना एवं गतिविधि सही सम्प्रेषण गर्ने, घरमा बालबालिकाले पढ्ने, खेल्ने वातावरण सिर्जना गर्दै आइरहेका परिवारमध्ये उत्कृष्ट पाँच घरपरिवारलाई सम्मान गरिएको बताउनुभयो ।
सम्मान कार्यक्रमले बालबालिका र अभिभावकमा विद्यालय, समाज र घरपरिवारप्रति जिम्मेवारीबोध गराउने, घरपरिवार तथा समाजमा मेलमिलाप गरेर बस्नुका फाइदाबारे थप जानकारी प्राप्त गरेको सम्मानित हुनुभएका परिवारमध्येकी पार्वती भाटले बताउनुभयो ।