काठमाडौँ, माघ १८ गते । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल यात्रा तय गरेको छ । लिगको दुई खेल अगावै फाइनलमा स्थान बनाएको पुलिसले बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ७८ को जित निकाल्यो ।
मुलपानी क्रिकेट मैदानमा जितका लागि पुलिसले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो ।
जितसँगै शीर्षस्थानमा रहेको पुलिसले नौ खेलबाट १८ अङ्क बनायो । फाइनलमा पुलिसले शनिबार त्रिभुवन आर्मीसँग खेल्नेछ ।