• ४ जेठ २०८२, आइतबार

ज्येष्ठ नागरिकलाई सम्मान

blog

सम्मानित ज्येष्ठ नागरिक ।

रमेश विश्वकर्मा

गुल्मी, पुस २४ गते। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-१ अग्लुङ्गले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। यस वडाभित्र रहनुभएका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप तातो कपडा वितरण गरिएको हो। 

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बल्याङकेट वितरण गरिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो। १४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।