गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ४ गते । गीतकार नारायण खतिवडाको शब्द/रचना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषको सङ्गीत तथा स्वरूपराज आचार्यको स्वर रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत अपलोड गरिएको छ ।
वास्तविक घटनामा आधारित एवं बहुसङ्ख्यक मानिसले समय व्रmममा कुनै न कुनै अनुभव र घटना बेहोरेको भाव र सन्देश यस गीतमा रहेको छ । आजभोलि मानिस आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ ।