• २५ जेठ २०८२, आइतबार

एक सय आठ धारा निर्माण

blog

रामधुनी मन्दिरपरिसरमा बन्दै गरेको १०८ धारा । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, जेठ ४ गते  । रामधुनी मन्दिर परिसर क्षेत्रमा १०८ धारा बनाउन सुरु गरिएको छ । भगवान् रामको पाउ स्पर्श भएको मन्दिर परिसर क्षेत्रमा धारा बनाउन सुरु गरिएको हो । 

सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाको ५०/५० प्रतिशत अनुदान सहयोगबाट निर्माण हुने धारा, मण्डपसहित कमलकुण्ड पोखरीको सौन्दर्यीकरण गर्न सुरु गरिएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाबाट बजेट छुट्याएपछि मन्दिर क्षेत्रमा भौतिक संरचना बनाउन सुरु गरिएको छ ।

एक करोड ३४ लाख ५६ हजार १०९ रुपियाँ पाँच पैसा बजेटमा ठेक्का लागेर मन्दिरपरिसर क्षेत्रमा १०८ धारा, मण्डपसहित कमलकुण्ड पोखरीको सौन्दर्यीकरण गर्न सुरु गरिएको जनाइएको छ । मन्दिर परिसर क्षेत्रको सौन्दर्यीकरणमा स्थानीय र केन्द्रीय सरकारको ध्यान पुग्दा परिसरमा हुने सौन्दर्यीकरणले मुहार फेरिएको छ । 

धार्मिक, पौराणिक, ऐतिहासिक धरोहरका रूपमा परिचित रहेको मन्दिर परिसरमा यसअघि नै ब्लक, कमलकुण्ड पोखरीमा स्टिलको रेलिङ, प्रवेशद्वार र गेटसहितको घेराबाराले बनाइएको छ । हिन्दु धर्मावलम्बीको विशेष महìव र अस्तित्व बोकेको मन्दिर क्षेत्रको विकास हँुदा धार्मिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वनखण्डी बाबाले तप गरेको पवित्र भूमि भएकाले उदासी सम्प्रादायको प्रमुख स्थलका रूपमा मानेर उदासी सम्प्रदाय दर्शनका लागि रामधुनी मन्दिर आउने गरेका छन् । 

रामधुनी र वराहक्षेत्र नगरपालिकाको सीमा जङ्गलको बिचभागमा अवस्थित श्री रामधुनी मन्दिर हिन्दु धर्मावलम्बीको पौराणिक मन्दिर मानिन्छ । त्रेतायुगमा श्री रामचन्द्र यस तपोवनको पुण्यस्थलमा वनवासको व्रmममा धुनी बालेर एक रात बास बसेको र बसेको स्थान छाडिहिँड्दा ‘आफ्ना पाउका एक जोर खराउ’ छाडिगएको भन्ने कथन रहेको बताइन्छ ।