• १३ पुस २०८१, शनिबार

के छुट्यो ? (कविता)

blog

छुट्न सक्ने थियो– कृति

जुन कमाउन कहिल्यै ध्यान दिनुभएन 


छुट्न सक्ने थियो– सेवा

जुन गर्न कहिल्यै जाँगर देखाउनुभएन 


छुट्न सक्ने थियो– नाम 

जसको वास्ता कहिल्यै गर्नुभएन 


राख्न सक्नुहुन्थ्यो केही– विचार

जसका लागि केही सोच्दै सोच्नुभएन 


बलिरहन सक्थ्यो एउटा– चेतना

जसका लागि दिमाग मन्थन नै गर्नुभएन


दिएको भए केही– दान 

छुट्न सक्थ्यो पृथ्वीको हृदयमा


छुट्न पर्ने

यी कुनै पनि सामान तपाईंसँग थिएनन् 


जिन्दगीभर पालेको– अहङ्कार

जीवनभर गरेको– पाप

देशविरुद्धका– सन्धि सम्झौताहरू

ठगेर, लुटेर कमाएको– धन

शक्ति, सत्ता र सामथ्र्य

यिनीहरू लान मिल्ने भए म आफैँ सोध्ने थिएँ–

तपाईंको सामान छुट्यो कि ?


ओर्लंदै गर्दा जिन्दगीको भ¥याङ 

निस्किँदै गर्दा जीवनको दैलोबाट 

भन्दै हुनुहुन्छ– मेरो सामान छुट्यो !


के सम्झिनु भयो र फर्कन खोज्दै हुनुहुन्छ ?

सम्पत्ति लिन नजानुहोला– सन्तानहरूले आफ्नो बनाइसके

शक्ति, सत्ता र सामथ्र्य– अर्कैले हत्याइसक्यो


आउँदा मुट्ठी कँसेर आउनुभएको तपाईंलाई

यी सारा वैभवहरू 

आफ्नो भन्ने भ्रम परेको मात्र हो...


मुट्ठी खोलेर निस्कनुहोस्

तपाईंको जिन्दगी छुटेको छैन !