• २३ वैशाख २०८१, आइतबार

स्वरका धनी आयन

blog

आयन पौडेल जावलाखेलस्थित सेन्ट जेभिर्यस स्कुलमा पढ्छन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । १४ वर्षीय आयन आफूलाई बाल गायकका रूपमा चिनाउँछन् । उनलाई गीत गायन असाध्यै मन पर्छ । गायन क्षेत्रमा सानै उमेरदेखि लागेका बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरू’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक अमृत छेत्रीको सङ्गीत तथा योगेश काजीको सङ्गीत संयोजनमा गीत तयार भएको हो । 

यस्तै उनी अर्को नयाँ म्युजिक भिडियो रिलिज गर्ने तयारीमा पनि भने अरू दुई वटामा उनी काम गर्दैछन् । उनले नौ वर्षको उमेरदेखि गीत गाउन सुरु गरेका हुन् । उनले आफ्नो गायनलाई निरन्तरता दिन विद्यालय समयपछि सङ्गीत सिक्ने काम पनि गरिरहेका छन् । 

यसबाहेक उनलाई पौडी खेल्न पनि अध्यधिक मन पर्छ । आयन आफ्नो प्रेरणाको स्रोत बुवालाई दिन चाहन्छन् ।  बुवाको छोराले राम्रो गीत गाओस् भन्ने चाहना भएकाले पनि यो क्षेत्रमा निरन्तर लागिरहने उनको सोच थियो । 

यसै गरी बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशा लाग्दो सम्भावना रहेको उनले गाएको गीतबाट पनि बुझिन्छ । 

‘भ्वाइस अफ नेपाल’ मा जाने तयारी गरिरहेका आयनलाई संसारभरि कलाकारले छुट्टै सम्मान पाउने गरेको देख्दा आफू पनि त्यो दिनको पर्खाइमा रहेको बताउँछन् । 

 प्रस्तुति : सनम महर्जन