• २३ वैशाख २०८१, आइतबार

सानी कलाकार समृद्धि

blog

समृद्धि पाण्डे नाटकमा राम्रो अभिनय गर्छिन् । थिएटरमा उनको नाटक मञ्चन असाध्यै जीवन्त हुने गर्छ । जो कोहीलाई पनि उनको प्रतिभा अभिनयकै लागि हो जस्तै लाग्छ । उनी विद्यालयको प्रतिभाशाली छात्रा हुन् । काठमाडौँको लोयला सेकेन्डरी स्कुलमा उनी कक्षा ७ मा पढ्छिन् । केही महिनाअघि काठमाडौँमा आयोजित  १४ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा मा समृद्धिले आफ्ना २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नाटक ‘हराएकी म’ मा सर्वोत्कृष्ट अभिनयको पुरस्कार पाएकी थिइन् । उनले आफ्नो अभिनय यात्राको सुरुवात भने टिकटकबाट गरेकी थिइन् । सानी कलाकारका रूपमा टिकटकबाट उनले लाखौँ दर्शकको माया पाइन् । टिकटकको छोटो छोटो अभिनयमार्फत छिट्टै चर्चामा आएपछि समृद्धिले आफूमा भएको अभिनयको क्षमता र प्रतिभालाई चिन्ने अवसर पाइन् । प्रोत्साहनस्वरूप विद्यालयमा आयोजना हुने नाटक प्रतियोगितामा भाग लिँदै पुरस्कृत हुँदै जाने अवसर पनि पाइन् । योबाहेक अन्य जिल्लाव्यापी नाटक प्रतियोगितामा भाग लिएर पनि उनले प्रोत्साहनस्वरूप धेरै पुरस्कार पाएकी छिन् । अभिनयमा उनको यात्रा निरनतर नै छ । 

प्रस्तुति : लक्ष्मी खतिवडा