• २३ वैशाख २०८१, आइतबार

कला वरिसाको

blog

बरिसा थापा सात वर्षको भइन् । टिकटकमार्फत लाखौँ दर्शकको मन जितेर अघि बढेकी बरिसा राम्रो नृत्य गर्छिन् । उनको हाउभाउ र नृत्य गर्ने कलाकौशल सबैलाई लोभ्याउने खालको छ । सानै उमेरमा टिकटकबाट सबैमाझ परिचित उनको नृत्य कला तारिफ गर्न लायक छ । हेटौँडा स्थायी घरभएकी बरिसा रसोल एकेडेमी, हेटौँडामा कक्षा १ मा पढ्छिन् । टिकटकमा उनको पचास हजार फलोअर्स थिए भने उनको भिडियोमा दुई मिलियन लाइक  पाएकी थिइन् । उनको अभिनय कला पनि अत्यन्तै राम्रो छ । हजुरआमा सीता थापाका अनुसार त्यसपछि उनलाई बालकलाकारका रूपमा धेरै चलचित्रबाट पनि अफर आएको थियो । छोरीको रुचि भए अलि ठुली भएपछि नाटकमार्फत अभिनयको यात्रालाई पनि निरन्तरता दिने पारिवारिक सोच छ । 

हालसालै उनले एभिन्युज टेलिभिजनमा  दिएको अन्तर्वार्ता पनि उनले आफ्नो नृत्यबारे धेरै कुरा बताएकी थिइन् । उनलाई नाच्न असाध्यै मन पर्छ । आमाबाबा वैदेशिक रोजगारीका लागि विदेशमा रहे पनि उनी हजुरआमा बाबासँगको मायालु  वातावरणमा रमाइरहेकी छिन् । उनी विद्यालयमा पनि सधैँ पहिला हुने गर्छिन् । नृत्यबाहेक उनलाई मन पर्ने चित्रकला हो । विद्यालयमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा प्रथम भएर उनले पुरस्कार पाएकी छिन् । देखेको कु्रा छिट्टै चित्रमा उतार्न सिपालु वरिसाले टेलिफोन संवादमा गरिएको भिडियो कलमा आफ्नो कोठाभरि आफूले बनाएका राम्रा राम्रा चित्र मुना टिमलाई पनि देखाउन भ्याइन् । आफू घुमेको रमाइलो ठाउँ, वनजङ्गल, खोला, आफ्नो विद्यालय, आफ्नो विद्यालयको झोला र हजुरआमा बाबालगायत धेरै चित्र उनले कोठामा सजाइएर राखेकी थिइन् । वरिसा भविष्यमा कलाकार बन्न चाहन्छिन । उनलाई नृत्यको ठुला ठुला प्रतियोगितामा भाग लिने रहर छ । त्यसैले उनी हरेक दिन विद्यालय समयपछि नृत्य सिक्न्छिन् । 

प्रस्तुति : लक्ष्मी खतिवडा