• १३ पुस २०८१, शनिबार

साहित्यमा अनुसन्धानको सम्भावना र औचित्य

blog

अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया हो । एउटै विषयको पनि भिन्न भिन्न कोणबाट अनुसन्धान हुन सक्छ । अनुसन्धानले सिद्धान्त निर्माण गर्छ । पूर्वस्थापित सिद्धान्तको परीक्षण गर्छ र यस्ता सिद्धान्तमा परिमार्जन तथा संशोधन गर्छ । सुरुमा प्राकृतिक विज्ञानमा मात्र अनुसन्धान सम्भव छ भन्ने विश्वास गरिन्थ्यो । ‘कला’ मा अनुसन्धानको औचित्य र आवश्यकता देखिएन तर जब कला भनिएका सङ्कायहरू अनुसन्धानको दायरामा आए यी विषयहरू ‘विज्ञान’ हुन थाले । विगतमा ‘कला’ भनिएको अर्थशास्त्र अहिले विज्ञान भएको छ, सामाजिक विज्ञान । अनुसन्धान र प्रयोगशालाबाट पुष्टि भएका ज्ञान नै विज्ञान भएकाले आजको विज्ञान भोलिको प्रविधि हुन्छ । पहिला ज्ञान अनि विज्ञान त्यसपछि प्रविधि बन्छ । यसलाई उदाहरणबाट पुष्टि गरौँ– ‘महाभारतमा पुष्पक विमानको वर्णन छ । यो ज्ञान भयो । यसले ज्ञानको सम्प्रेषण ग-यो । यो ज्ञान-उपकल्पना (हाइपोथेसिस) मा आधारित भएर विभिन्न अध्ययन, अनुसन्धान भए, प्रयोगशालाबाट हावामा जहाज उडाउन सकिने तथ्य पुष्टि भयो । यो विज्ञान भयो । जहाजका पार्टपुर्जा बनाइयो, हावामा सन्तुलन गर्न सकिने प्रविधि बने र जहाज उड्यो । यो जहाजको प्रविधि भयो ।  

समाजका हरेक क्षेत्रमा अनुसन्धानको खाँचो पर्छ । सत्योत्तर समाज-साहित्य (पोस्ट ट्रुथ सोसाइटी÷साहित्य) को वर्तमान समाजमा मन खुसी मिथ्याङ्क (चेरिपिक डाटा) को सहारा लिएर  परिस्थितिको आफूखुसी व्याख्या, वर्णन गर्ने प्रवृत्ति बढेकाले पनि साहित्यलगायत विविध क्षेत्रमा अनुसन्धानको औचित्य अझ बढ्दै छ । विभिन्न कोणबाट नेपाली साहित्यको अनुसन्धान हुन बाँकी छ । यद्यपि नेपाली साहित्यमा अनुसन्धान नभएका होइनन् । खास गरी क्षेत्र विशेषका साहित्य, लेखनकाल, लेखक, विषय, पात्र÷चरित्र, प्रवृत्ति, भाषा, प्रस्तुति, अभ्यास, प्रयोग जस्ता विषयमा साहित्यमाथि अनुसन्धान भएका छन् । तर शब्द प्रयोग, भाषाको प्रयोग, शैली आदि बारे सूक्ष्म अनुसन्धान हुन बाँकी छ । भानुभक्तकालीन ‘ग-याका हुनाले, भन्याका हुनाले’ को लेखन शैली कहिलेबाट परिवर्तन भयो । बडागुरु हेमराज पाण्डेले श्री ३ चन्द्रको लालमोहर लगाएर (‘कानुन’ बनाए) नेपाली लेखनमा विभक्तिलाई जोड्नै पर्ने अभियान चलाएपछिको अवस्था, विभक्तिलाई जोड्नै पर्ने अभियान प्रधानमन्त्रीको लालमोहर नै किन लगाउनुपरेको ? कवि शिरोमणि लेखनाथ पौड्यालले ‘नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे’ भनेर बडागुरु हेमराजको अभियानमा किन असहमति जनाए ? जस्ता विषयमा वस्तुपरक अनुसन्धान भएको छैन । कुन कविलाई कुन शब्द प्यारो थियो र उनले आफ्नो जीवनमा वा कुनै कृतिमा त्यो शब्दको कति पटक पुनरावृत्ति गरे भनेर सूक्ष्म अध्ययनको त कुनै छाडौँ । हरेक राजनीतिक परिवर्तनपछि नेपाली साहित्यमा केही नयाँ शब्दहरूको प्रयोग ह्वात्तै बढेको पाइन्छ । यसबारेमा अनुसन्धान गर्न सकिन्छ । यसै गरी सामाजिक मुद्दामा लिङ्ग र लैङ्गिक, समानता र समता जस्ता शब्दको प्राज्ञिक अर्थलाई कसरी स्थापित गरिएको छ भनेर खोज्न सकिन्छ । यस्ता शब्दको सन्देशलाई आमजनमानसले कसरी बुझ्छन् र प्राज्ञिक वा पारिभाषिक अर्थ कसरी व्यक्त हुन्छ भनेर हेर्न सकिन्छ । अथवा के कारणले शब्दको अर्थोन्नति वा सङ्कुचन हुन्छन् किन केही शब्द प्रयोगबाट हराउँदै र केही नयाँ शब्द प्रयोग हुँदै जान्छन् भनेर अनुसन्धान हुन सक्छ । ‘हत्तर’ शब्दको प्रयोग किन हुन छाड्यो ? हत्तर शब्दको प्रयोग हुन छाडेपछि हत्तर बनाउने र प्रयोग गर्ने संस्कृति के भयो ? कुश र घाँस मात्र चिन्न सक्ने व्यक्ति आज कसरी हरेक क्षेत्रका दक्ष ‘कुशल’ भए ? यस्ता सन्दर्भमा भाषिक वा साहित्यिक अनुसन्धान हुन सक्दैन ? सक्नुपर्ने हो ।  

विकसित देशमा यस्ता अध्ययन, अनुसन्धान भाषाविद्, साहित्यकार, लेखकहरूले गर्ने गरेका छन् । कुन शब्द कहिलेबाट सुरु भयो ? त्यो शब्द कुन भाषाबाट कसरी, बनेको हो ? त्यसको प्राचीन र वर्तमान अर्थ के छ, त्यो शब्दले अरू कुन कुन शब्द बने, त्यस शब्दको लोकप्रियता कस्तो रह्यो भनेर अध्ययन गर्ने गरिन्छ । उदाहरणका लागि सन् १८०० बाट चर्चामा आएको ‘प्रोलेटारियट’ (सर्वहारा) शब्द सन् १९७० को दशकमा सबैभन्दा बढी प्रचलित थियो । त्यसलाई चर्चित बनाउन कार्ल माक्र्सको ‘वर्ग सङ्घर्ष’ को दृष्टिकोण निकै सहयोगी भयो । यो शब्दको अनुसन्धान गर्दा तत्कालीन, राजनीति, वर्गका कुरा माक्र्सद्वारा वर्ग विभाजन र वर्ग सङ्घर्षका दृष्टिकोणबारे जानकारी प्राप्त हुन्छ र तत्कालीन समाजको परिदृश्य देखिन्छ । सन् १८८० मा करिब एक लाख १६ हजार पटक आवृत्ति भएको ‘प्रोलेटारियट’ शब्द सन् १९७० मा करिब ५६ लाख ४२ पटक पुनरावृत्ति भएको देखिन्छ र त्यसपछि घट्दै शब्द सन् २०१९ सम्म आइपुग्दा १७ लाख आवृत्तिमा झरेको छ । मोड अफ प्रडक्सन (उत्पादनका तरिकामा आएका भिन्नता) ले माक्र्सले परिकल्पाना गरेको वर्ग सङ्घर्ष कमजोर हुँदै गयो । वर्ग पनि मेटिँदै गए । अमेरिकाका बिल गेट्सको काम नेपाल वा भारतमा बसेर सूचना प्रविधिमार्फत गर्न सकिने भएपछि मालिक र श्रमिकको प्रत्यक्ष सम्पर्क हुन छाड्यो । अनि माक्र्सले भने जस्तै ‘हालसम्मको विश्वको इतिहास नै सङ्घर्षको इतिहास हो’ भन्ने अवस्था रहेन । यसको प्रभाव ‘प्रोलेटारियट’ शब्दको आरोह अवरोहमा देखियो । शब्दको अनुसन्धानले त्यसको प्रचलनलाई मात्र सङ्केत गर्दैन । तत्कालीन समाज, विश्वपरिवेश र समग्र विश्व लेखन तथा पठनको प्रवृत्ति सङ्केत गर्छ । भाषा संस्कृति पनि भएकाले यस्ता शब्दले तत्कालीन विश्व संस्कृतिको दृश्य देखाउँछ । 

यस्ता अनुसन्धान नेपाली साहित्यको फाँटमा भएको देखिँदैन । नेपाली भाषामा ‘विद्यालय’ कसरी लेख्ने भनेर चर्चा परिचर्चा गरिन्छ । यसको व्याकरणगत दाबी मात्र गरिन्छ तर वर्तमान युगमा यस्ता शब्दका अक्षर कसरी टङ्कन गर्ने भनेर प्रविधिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । हाम्रा हातमा सबैभन्दा सक्रिय चोरी औँला (तर्जनी) हो र अल्छी बुढी औँला (अङ्गुष्ठ) हो । कम्प्युटरको किबोर्ड बनाउनेले जहाँ जहाँ मन लाग्यो त्यहाँ त्यहाँ कुनै अक्षर राखेका हुँदैनन् । यिनै औँलाको सक्रियाता र निष्व्रिmयता हेरेर किबोर्ड बनाइएको हुन्छ । टङ्कनलाई प्रविधिमैत्री र सहज हुनेगरी अक्षरको प्रयोग गर्नु अबको आवश्यकता हो । युनिकोडमा नेपाली टाइप गर्दा त्यसको ‘रोमनाइज्ड’ भएको हुन्छ तर प्रिती फन्टले त्यसो गर्दैन । प्रती फन्ट इमेजको रूपमा देखिने भएकाले यसबाट वर्णानुक्रम मिलाउन समस्या हुन्छ ।  यसरी हाम्रा अक्षरलाई टङ्कन सहज बनाउन कतिपय स्थानमा आधा अक्षरको सट्टा पूरै वा कतिपय स्थानमा आधा र रेफको प्रयोग गर्न सकिन्छ कि ?  हलन्त, मरेमागेका अक्षरलाई कसरी किबोर्डमा सहजतापूर्वक र व्यवस्थित गर्न सकिन्छ भनेर अध्ययन गर्न सकिन्छ । प्रविधिमैत्री हुने यस्ता अभियानविरुद्ध ‘वर्ण वा अक्षर’ हराए भनेर राष्ट्रियता तथा अक्षर÷मात्राप्रतिको आशक्ति देखाउनु आवश्यक छैन ।  

पठन संस्कृति ह्रासोन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्ने गरिएको सुनिन्छ तर अहिलेका पाठकले कस्ता पुस्तक वा लेख-सामग्री चाहेका छन् भनेर कसैले अध्ययन गरेको छ त ? छैन । लेखकले जे लेखिदियो त्यही नै पाठकले पढिदिनुपर्ने ? ‘लेखक’ र ‘कृतिकार’ लाई नेपाली समाजमा त्यति गम्भीरताका साथ हेरिँदैन तर अङ्ग्रेजी समाजमा लेख्ने तर प्रकाशन नगर्ने व्यक्ति पनि लेखक (राइटर) हो जसले लेख्छ, राख्छ । उसले पाठकको रुचिलाई ध्यान दिनुपर्देन तर प्रकाशन कम्पनीबाट पुस्तक-कृति प्रकाशन गर्ने व्यक्ति ‘कृतिकार’ (अथर) हो । उसले लेखकीय धर्मका अतिरिक्त पाठक, तिनको रुचि कृतिको बजार, लगानी, छपाइको समय, सम्भावित लाभ र जोखिमको लेखाजोखा गर्नु पर्छ । पुस्तक छपाउन दिँदा प्रकाशकलाई यी सबै विषयमा सहमत बनाउनु पर्छ । आफ्नो पुस्तक छापिने बेलामा सम्भावित अन्य कुनै व्यक्तिको त्यस्तै पुस्तक छापिँदै छ भने आफूलाई आउनसक्ने चुनौती वा लाभको विश्लेषण प्रकाशकले गर्छ । हामीकहाँ जस्तो बुढाले लेखक, बुढी प्रकाशक हुुने, सञ्चयकोष झिकेर वा ‘ढुम्म्री तिलहरी’ प्रकाशन कम्पनीले छाप्ने पुस्तक पढ्ने पाठकको सङ्ख्यामा ह्रास आएको भनेर पाठकले पढेनन् भन्नु एकपक्षीय हुन्छ । 

लेखक र पाठकको सम्बन्ध र आवश्यकता द्विमार्गीय (टु–वे) हुन्छ । साहित्यको कोणबाट यस्ता विषयमा अध्ययन हुन सकेको छैन । सङ्ख्याका हिसाबले भन्नुपर्दा नेपाली साहित्यमा ‘आंशिक आवश्यकता पूरा गर्न’ शैक्षिक अनुसन्धान धेरै हुने गरेका छन् । कसैलाई माथि उचाल्न वा खसाल्न बहसमूलक (एड्भोकेसी) प्रकृतिका अनुसन्धान र समालोचना पनि गरिएको पाइन्छ । थोरै सङ्ख्यामा मात्र विशुद्ध प्राज्ञिक अनुसन्धान भएका छन् । तिनले पनि माथि उठाइएका कतिपय विषयलाई सम्बोेधन गरेका छैनन् । 

पूर्वप्रकाशित कृतिको समीक्षा (रिभ्यु अफ लिटरेचर) र साहित्यमा अनुसन्धान (रिसर्च इन लिटरेचर) भिन्न आयाम हुन् । साहित्य कला हो । यसलाई सामाजिक विज्ञान भनेर अर्थशास्त्र वा मनोविज्ञान जस्ता प्राविधिक सङ्कायमा राखिँदैन । यस अर्थमा साहित्यमा अनुसन्धान कठिन विषय हुन सक्छ तर कृतिकारले कस्तो अवस्थामा लेखेको थियो, त्यस अवस्थामा उसको परिस्थिति, मनोदशा हेतु, कस्तो थियो, ऊभित्र कस्ता अभाव, दबाब र प्रभाव थिए र साहित्यमा ती पक्ष कसरी प्रदर्शित भए भनेर ‘साहित्यको सामाजिक अनुसन्धान’ गर्न सकिन्छ । स्वच्छन्द परिवेशमा सुशीला कोइरालासँगै घरपरिवारमा रमाएर बस्न पाएको भए विश्वेश्वरप्रसाद कोइरालाले मोदिआइनको यौनविज्ञानबारे लेख्नुहुँदैनथ्यो कि ? यो पनि त सम्भावना छ नि ? 

झोलामा बोकेर लेखकले पुस्तक बाँड्दै हिँड्ने, करकापी बिक्रि (पुस–सेल) गर्दै पुस्तक बेच्ने, एक हजार प्रति छापेर पाँच हजारको दाबी गर्ने र चार दिनपछि नै पुनः मुद्राण भएको नाटक रच्ने जस्ता परिदृश्यमा ‘बेस्ट सेलर’ को हबिगत पनि नेपाली पाठक र समीक्षकले नबुझेको कुरा होइन । साहित्यमा यस्ता पक्षमा अनुसन्धान आवश्यक छ कि छैन त ? रामायणका कति किताब बिक्रि भए भन्नु मात्र अनुसन्धान होइन, नेपाली समाजमा स्तोत्र, सोरठी, पाङ्दुरे, भजन, लोकगीत, चुड्का वा अन्य केकस्ता स्वरूपमा रामायण वाचनको जनस्तरीकरण भएको छ भनेर जान्न पनि अनुसन्धान गर्नु पर्छ । घरमा वा सिरानीमा रामायण राख्दा अनिष्ट हुँदैन भन्ने मान्यतालाई पनि साहित्यमा गरिने अनुसन्धानले परिभाषित गर्न सक्छ । 

साहित्य, साहित्यक परिवेश, लेखन उत्प्रेरणका तìव, रचना गर्भ, लेख र लेखकको हेतु, शैली, भाषा, प्रयोग, प्रभाव, उपभोक्ता (पाठक), बजारलगायत विविध कोणबाट साहित्यमाथि अध्ययन गर्न सकिन्छ । जसले साहित्यिक कृति र कृतिकारलाई पाठकसँग अझ बढी नजिक हुन सहयोग गर्छ । 

जिम्मेवार लेखनमा लेखकलाई प्रतिबद्ध मात्र होइन अनुबन्ध गरेको हुन्छ । यससँग अबका वर्ष साहित्यक लेखन र पठक अभ्यास कस्तो हुने छ भनेर बृहत् बहस वा अनुसन्धान गर्न सकिन्छ । प्रविधिको विकासले सिर्जनशीलता समाप्त गर्ने नै हो त । प्रविधिको अधिकतम परिणाम ‘हात हातमा डिभाइस, पुस्तकमा नो च्वाइस’ नै हो त ? 

२०७८ को जनगणना अनुसार मातृभाषाको सङ्ख्या १ सय २४ भएको छ । अघिल्लो जनगणनामा १ सय २३ मातृभाषा थिए । २०५८ मा कुल जनसङ्ख्यामध्ये एक करोड १० लाख ५३ हजार २५५ अर्थात् ४८.६ प्रतिशत नेपाली भाषी थिए तर २०६८ मा यो सङ्ख्या एक करोड १८ लाख २६ हजार ९५३ अर्थात् ४४.६ प्रतिशतमा झर्नुको कारण के हो ? एक दशकमा चार प्रतिशत वक्ता घट्नु र फेरि एक दशकपछि २०७८ मा चारै प्रतिशत बढेर नेपाली भाषा वक्ता एक करोड ३० लाख ८४ हजार ४५७ अर्थात् ४४.८६ पुग्नुको कारण खोज्नुपर्ने होइन ? 

अर्थात् 

शब्दको अर्थोन्नति कुश कुशल

युनिकोडमा जाँदाको सहजता

नेपाली भारोपेली ११,८२६,९५३ ४४।६४५


२०५८ र २०६८ २०७८ मा १२४ भाषा नेपालीको वक्ता १३०८४४५७ अथौत् ४४.८६

१. नेपाली ४८.६ ११०५३२५५ नेपाली ४४.६ ११८२६९५३