• २५ वैशाख २०८१, मङ्गलबार

पानीका प्रखर सम्भव्य

blog

गतवर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा सहभागी छ हजारभन्दा बढी खेलाडीमध्ये एक सम्भव्यलाल प्रधान पनि थिए । राष्ट्रिय खेलकुदमा सम्भव्यले पौडीमा भाग लिएका हुन् । सो समय सम्भव्यले पदक जित्न सकेनन् तर मात्र नौ वर्षको उमेरमा एक हजार पाँच सय मिटरको कठिन इभेन्टमा निर्धारित दूरी पार गरेपछि उनी सबैको नजरमा परेका हुन् । सो प्रतियोगितामा सभ्भव्यले पोखराको फिसटेल एकेडेमीमा रहेको २५ मिटरको सो स्विमिङ पुलमा ६० पटक ओहोरदोहोर गरे ।

सम्भव्य पौड्न लेनमा उभिँदा नै सबै अचम्ममा परेका थिए । साढे पाँचदेखि छ फुट अग्लो कदका खेलाडीबिच करिब चार फिटका सम्भव्य एकै लाइनमा रहँदाको दृश्य नै गज्जबको थियो । सबैले सोचे यो फुच्चेले भाग त लिए तर यति लामो निर्धारित दूरी पार गर्न सक्ने छैन तर सम्भव्यले सबैलाई गलत साबित गरे । सम्भव्यले एक हजार  पाँच सय मिटर दुरी ३६ मिनेट १०.१२ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।

प्रस्तुति : प्रजित शाक्य