• १३ असोज २०८१, आइतबार

टीआरसी सम्बन्धमा बालुवाटारमा शीर्ष नेताको बैठक

blog

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताबिच भएको छलफल । तस्विर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ९ गते । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सहित शीर्ष नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपा (माओावदी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपाक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताबिच टीआरसी सम्बन्धमा छलफल जारी छ। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समेत सहभागी रहनुभएको सचिवालयले जनाएको छ ।