• २५ जेठ २०८२, आइतबार

हाम्रो सम्पदा

कपिलवस्तुको गुजरात शैलीको कालिका मन्दिर (फोटो फिचर)

blog

कपिलवस्तु, मङ्सिर २३ गते । कपिलवस्तुको कृष्ण नगर नगरपालिकाको बहादुरगंजमा अवस्थित गुजरात शैलीको कालिका मन्दिर । निकै नै आकर्षक र कलात्मक गुजरात शैलीको यो कालिका मन्दिर काठमाडौँबाट पुवै पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ३३८.८ कि.मि दुरीमा रहेको चन्द्रौटाबाट दक्षिणतर्फको केही दुरीमा राजमार्गको दाहिनेतर्फ रहेको छ।

मन्दिरको गर्भ गृहमा पुरानो कालो प्रस्तरको निकै नै आकर्षक राता र पहेँलो वस्त्र धारण गरेको कालिकाको मूर्ति रहेको छ। मन्दिरको चारै कोण गुजराती कलाकृतिले सजिनुको साथै मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ। यस मन्दिरको बाह्य भागको निर्माण कार्य अझै बाँकी नै रहेको छ। 

हिन्दुहरूको विभिन्न पर्वहरूमा यस मन्दिरमा स्थानीय भक्तजनहरूको भिड लाग्ने गर्दछ।