काठमाडौं, मङ्सिर १८ गते । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक भएको छ । विष्णु अधिकारीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म फेब्रुअरीमा प्रदर्शन हुने भएको छ ।
यस्तै, फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ । फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापतिको मुख्य भूमिका छ । नाइन्टी नाइन सिनेमाज र इस्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सह-निर्माता हुनुहुन्छ ।