• २७ पुस २०८१, शनिबार

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव

काठमाडौं, मङ्सिर ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले पछिल्लो समय नेपालमा गैँडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताउनु भयो । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको जानकारी दिनुभयो । उहाँले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताउनु भयो ।

उहाँले चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएको बताउनु भयो । उहाँले मानव वन्यजन्तुद्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताउनु भयो ।

‘‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको छ । जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन् । सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन् ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन । तसर्थ चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ । मानव वन्यजन्तुद्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो छ । गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय हो । वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्छ ।’’

उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।