• २१ वैशाख २०८१, शुक्रबार

किराको बर्गर

blog

धेरै मानिसलाई थाहा नहुन सक्छ किराको पनि बर्गर बन्छ भनेर । अझ किराको बर्गर बन्छ र मानिसले अरू खाद्य पदार्थबाट बनेका बर्गरभन्दा किराबाट बनेको बर्गर झनै स्वाद मानेर खान्छन् । कतिपय मानिसलाई यस्तो कुरो सुन्नेबित्तिकै बान्ता पनि हुन खोज्दो हो तर यो कुरो साँचो हो ।

युरोपको स्विट्जरल्यान्डमा स्थापित र सो देशका विभिन्न सहरमा चेन मार्केट (एकभन्दा बढी साझेदारसँग मिलेर सहकार्यमा चलाइने व्यवसाय) ‘कोप’ ले ठूला सुपर मार्केटमा शाकाहारी बर्गरका साथै मासुको पनि बर्गर बेच्छ । साथै सो कम्पनीले किरा प्रयोग गरिएको बर्गर बिक्री गर्न थालेको छ । 

स्विट्जरल्यान्डका जेनेभा, बोन, ज्युरिखलगायतका सहरमा किरासहित अन्य वस्तु मिसाइएको बर्गर बिक्री गरिन्छ । सुन्दा, हेर्दा, पढ्दा किरा, फट्याङ्ग्रा, सर्प, बिच्छी, झुसिलकीरा, शङ्खे किरा, चिप्ले किरा, पुतली आदि पनि मान्छेले खान्छ र ? भन्ने लाग्छ नै । पोषणविद्हरूका अनुसार प्रोटिन, भिटामिन, आइरन आदि पोषक तत्व किरा, फट्याङ्ग्रा, सर्प, बिच्छी, झुसिलकिरा, पुतली आदिमा पाइन्छ । अमेरिकन केमिकल सोसाइटीका वैज्ञानिकले फट्याङ्ग्राको लार्भा र भैँसीको गोबरमा उत्पन्न हुने किरा खाँदा हुने फाइदाबारे गरेको अध्ययनबाट बिफ (गाई–गोरुको मासुमा भन्दा) मा भन्दा फट्याङ्ग्राको लार्भामा कैयौँ गुणा बढी आइरन पाइने पत्ता लागेको थियो । 

वातावरण वैज्ञानिकहरू पनि के भन्छन् भने वातावरणीय विनाशका दृष्टिले हेर्दा पनि अब मानिसले घरपालुवा तथा जङ्गली जनावर एवं पन्छीको मासु खानुको सट्टा किरा, फट्याङ्ग्रा सङ्कलन गर्ने, पाल्ने र तिनैलाई खाने गरेमा हामी सबैलाई दीर्घकालीन फाइदा हुने छ । किनभने एक त किरा, फट्याङ्ग्रा खोज्न र सङ्कलन तथा पाल्ने काम सजिलो छ । जनावर र पन्छी पाल्ने कामभन्दा यो धेरै सस्तो पर्छ । 

त्यस्तै कतिपय अवस्थामा त किरा, फट्याङ्ग्रा किन्नै पर्दैन । हाम्रो आफ्नै खेतबारीमा सित्तैमा पाइन्छन् । गाउँघरमा सजिलै 

पाइन्छन्, भेटिन्छन् ।   

Author

तुम्नो कुलुङ