• ८ जेठ २०८१, मङ्गलबार

एनआरएनए अमेरिकाको अध्यक्ष बन्जाडे निर्वाचित

blog

कृष्णराज खनाल 

अमेरिका, असार ९ गते । गैर आवासीय नेपाली सङ्घ, अमेरिका (एनआरएनए) को अध्यक्ष पदमा डा. अर्जुन बन्जाडे निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी डिलु पराजुलीलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । 

मत परिणाममा डा. बन्जाडेले पाँच हजार ७३९ मत प्राप्त गर्नुभएको थियो भने पराजुलीले चार हजार ८०६ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार, दुई वर्षे कार्यकाल (सन् २०२३ २०२५) का लागि सम्पन्न सो निर्वाचनबाट गठित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती निर्वाचित हुनुभएको छ । त्यस्तै पाँच जना राष्ट्रिय उपाध्यक्षमा भानु खरेल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे तथा महिलातर्फ सुनिता सापकोटा कँडेल निर्वाचित हुनुभएको छ । त्यसै गरी युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सङ्घको महासचिवमा रामहरि अधिकारी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सरोज सिग्देल निर्वाचित हुनुभएको छ भने सचिवमा दीपक सापकोटा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । सह कोषाध्यक्षमा दिवाकर पाण्डे निर्वाचित हुनुभएको छ । त्यस्तै युवा संयोजकमा तेज पौडेल र महिला संयोजकमा सुनिता खत्री निर्वाचित हुनुभएको छ ।

समितिको बोर्ड सदस्यमा डा. गंगाधर आचार्य, बल राई, विष्णु बराल, निमा शेर्पा, वासुदेव भट्ट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने निर्वाचित हुनुभएको छ । महिला बोर्ड सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा चार जना क्षेत्रीय अध्यक्षमा विष्णु खत्री (पश्चिम) आङ टी. शेर्पा (उत्तर पूर्व) मोहन न्यौपाने (दक्षिण) तथा महेन्द्र बस्नेत –मध्यपश्चिम) निर्वाचित हुनुभएको छ । 

त्यस्तै, निर्वाचित आइसिसी सदस्यमा प्रवीण केसी, क्षत्रकुमारी गुरुङ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, गोविन्दकुमार श्रेष्ठ, उत्तम कुमार कार्की, डोलनाथ घिमिरे र दुर्गेश जंग कार्की रहनुभएको छ । 

कुल १३ हजार छ सय ९१ मतदाता रहेको एनआरएन अमेरिकाको यस पटकको निर्वाचनमा ११ हजार दुई सय ६९ मत (करिब ८२ प्रतिशत ) खसेको थियो ।