• ९ जेठ २०८१, बुधबार

निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र

blog

काठमाडौँ, साउन ९ गते । निर्माण कार्यको भुक्तानी र सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्नेलगायतका नौबुँदे मागसहित नेपाल निर्माण व्यवसायी महासङ्घले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विकासे मन्त्रालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ । 

महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको हो ।  त्यसै गरी महासङ्घ प्रतिनिधिमण्डलले सोमबार नै सार्वजनिक खरिद अनगुमन कार्यालयका सचिव डाक्टर दामोदर रेग्मीसमक्ष पनि आफ्नो नौबुँदे ज्ञापनपत्र बुझाएको छ ।  

माग पूरा गराउन सात प्रदेशका मुख्य मन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने महासङ्घले जनाएको छ ।