• १२ पुस २०८१, शुक्रबार

राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्नुपर्छः सांसद शर्मा

blog

राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्मा ।

काठमाडौं, साउन ४ गते । राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रको ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गरिरहेको सो अभिलेखालय आर्थिक समस्याको मारमा परिरहेको उल्लेख गर्नुहुँदै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद शर्माले सो अभिलेखालयको भौतिक संरचनाको पुनर्निर्माणमा पनि सरकारले जोड दिनुपर्ने जानकारी दिनुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘‘राष्ट्रिय अभिलेखालय, जसले राष्ट्रको पुरानो सम्पत्तिहरुको संरक्षण गरिराखेको स्थिति छ । त्यहाँ दक्ष जनशक्तिको अभाव भएको देखिन्छ । भौतिक पूर्वाधारहरुको पनि समस्या भएको देखिन्छ ।  प्रविधिको पनि उत्तिकै समस्या भएको देखिन्छ । आर्थिक रुपले त्यहाँ समस्या रहेको देखिन्छ । त्यसको आवश्यक व्यवस्था गर्न सकेको खण्डमा राष्ट्रको सम्पत्ति जोगाउन त्यसले महत्त्वपूर्ण काम गर्छ ।’’

सांसद शर्माले ऐतिहासिक महत्त्वका सम्पदाहरुको संरक्षणको जिम्मा लिएको सो अभिलेखालयलाई आर्थिक समस्याको मारमा पार्ने काम कुनै पनि हिसावले उचित नभएको समेत स्पष्ट पार्नुभयो ।