• १७ वैशाख २०८३, बिहिबार

उपप्राध्यापक चलाउनेको अनशन तोडियो

blog

उपप्राध्यापक प्रेम चलाउने । फाइल तस्बिर

काठमाडौं, असार ८ गते। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोड्नुभएको छ। 

पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आउनुभएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनशन तोडाउनुभएको हो। 

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (विसङघ)का कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बस्नुभएको थियो। 

चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाउनुभएको थियो। उहाँ आजै चितवनबाट काठमाडौँ आउनुभएको थियो। सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उहाँले अनशन स्थगित गर्नुभएको हो। रासस