• १५ जेठ २०८१, मङ्गलबार

चट्याङ लागेर एकको ज्यान गयो

blog

शेरबहादुर सार्की

बाजुरा, जेठ ३१ गते । गएराति बाजुरामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मङ्गलबार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीया युवक यमराज विष्टको ज्यान गएको हो ।

गाउँबाट झण्डै ६ घण्टाको दूरीमा रहेको दिउँरा पाटनमा भैँसी गोठालो गएका विष्टको चट्याङमा परेर ज्यान गएको जगन्नाथ गाउँपालिका –१ का वडा अध्यक्ष गणेशराज गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विष्ट केही महिनाअघि भैँसीपालन गर्न दिउँरा पाटन जानुभएको थियो । उतै गोठ बनाएर बस्नुभएका विष्टको गए राति चट्याङ लागेर ज्यान गएको हो ।” गए राति करिब ८ बजे रुखमा परेको चट्याङ लागेर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भैँसीको गोठमा रहेको बेला चट्याङ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताउनुभयो ।