• १४ वैशाख २०८३, सोमबार

भाडा महँगिँदा मुगालीलाई मर्का

blog

मुगुका मुगाली

मुगु समाचारदाता

मुगु, वैशाख १४ गते । इन्धनको मूल्यवृद्धि भएसँगै हिमाली जिल्लामा उडान भर्ने एयरलाइन्सको हवाई भाडामा वृद्धि भएको छ । नेपालको बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि हवाई भाडादेखि यातायात भाडा दोब्बरले बढेपछि मुगु जस्ता दुर्गमका नागरिकलाई आउजाउ गर्न सास्ती भएको छ । 

नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार नेपाल आयल निगमले चैतको अन्तिम साताबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपियाँ वृद्धि गरेको थियो । यो वृद्विसँगै नेपालगन्जदेखि मुगुसम्म प्रतिटिकट नौ हजार तीन सय रुपियाँ कायम भएको छ । योभन्दा पहिला नेपालगन्जदेखि मुगुसम्म सात हजार तीन सय रुपियाँ थियो । छायानाथ रारा नगरपालिका–९ का स्थानीय रामकृष्ण रावलका अनुसार दुर्गमको हिमाली जिल्ला मुगुमा वायुसेवा निगमका कम्पनीले र यातायात व्यावसायीले भाडा बढाएपछि मुगाली नागरिक थप मारमा परेका छन् । 

इन्धनमा भएको मूल्यवृद्धि मुगुदेखि नेपालगन्जसम्मको गाडी भाडा प्रतिव्यक्ति चार हजार पाँच सय रुपियाँ भएको छायानाथ रारा यातायात व्यवसायीका सचिव सन्तोष शाहीले बताउनुभयो । मुगुका सार्वजनिक यातायात व्यावसायीले मनपरी भाडा बढाएपछि यात्रु मर्कामा परेको मुगुमकार्मारोङ गाउँपालिका–९, कालीबहादुर बुढाले गुसानो गर्नुभयो । यहाँको प्रशासन कार्यालयले भाडा समायोजनामा पहल नगरेको उहाँको भनाइ छ । यातायात विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । मुगुका सार्वजनिक यातायात व्यवसायीले भने यो नियम उल्लङ्घन गरेका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी खडान्नद खत्रीले जिल्लामा सञ्चालित सार्वजनिक यातायात व्यवसायीसँग छलफल गरी भाडा समायोजनको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।