काठमाडौं, जेठ २६ गते । त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिने म्याद थप गरेको छ ।
त्रिवि शिक्षाअध्यक्षको कार्यालय, कीर्तिपुरले यसअघि जेठ २१ गते अनुसन्धान समन्वय तथा विकास परिषद्को २०८० जेठ ५ गते भएको निर्णय बमोजिम सात दिनभित्र आवेदन आव्हान गरेको थियो ।
सो कार्यालयले पुनः शुक्रबार विज्ञप्ति जारी गर्दै आवेदनको म्याद असार १ गतेसम्म छ दिन म्याद थपएिको जानकारी दिएको हो ।