• १४ वैशाख २०८१, शुक्रबार

ललितपुरमा पर्यटकका लागि स्तनपान कक्ष सहितको शौचालय निर्माण हुने

blog

ललितपुर, जेठ १८ गते । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो । उक्त शौचालयमामा स्तनपान कक्ष समेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिनुभयो । 

यो शौचालय पुरातात्त्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने,‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौँ । ’ अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री  यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताउनुभयो । 

उहाँले तत्काल नौ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आव्हान भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘शौचालय बसेर लामो सास तान्न पनि नगन्हाउने शौचालय निर्माण गर्छौ ’ बाँकी शौचालय पनि क्रमशः निर्माण हुने छ । शौचालय निर्माणको ठेकेदारलाई समयमै काम सक्न निर्देशन दिनुभयो । 

एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुने शौचालय पुरुषका लागि ६ वटा युरेनलसहितको ३ वटा र ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसै गरी एउटा अपाङ्गतामैत्री शौचालय पनि निर्माण हुने उहाँले बताउनुभयो । 

पर्यटकका लागि शौचालय निर्माण भएको यो संभवत पहिलो शौचालय हो ।