• ५ जेठ २०८१, शनिबार

गजल

blog

डराएर हुन्न खोली छेउ पुग्दा 

आत्तिएर हुन्न गोली छेउ पुग्दा ।


बेहुला त बन्यौ यही महिनामा,

लजाएर हुन्न डोली छेउ पुग्दा ।


मधुरात्रि भन्छन् क्यार बिहेपछि,

बेगिएर हुन्न चोली छेउ पुग्दा ।


खन्याउनू माया ठाउँ हेरिकन,

पात्तिएर हुन्न सोली छेउ पुग्दा ।


नखोतल्नू ‘रासा’लाई हतारमा,

रिसाएर हुन्न बोली छेउ पुग्दा ।