• १३ असोज २०८१, आइतबार

पेसागत क्षमता विकाससम्बन्धी सात दिने तालिम सम्पन्न

blog

फाइल फाेटाे साैजन्य–टीच फर नेपाल ।

कोकिला भण्डारी

धनकुटा, जेठ २ गते । धनकुटाको शहीदभूमि गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरूको पेसागत क्षमता विकाससम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा स्थानीय स्तरमा रहेका सामाग्रीहरूको उपयोग गरी कक्षा कोठाको सजावट, आकर्षित कक्षा कोठा कसरी निमार्ण गर्ने, बालविकास र बाल अधिकार, बाल मनोविज्ञान, सहजकर्ताका काम कर्तव्यलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

बालविकास केन्द्रका सहजकर्ताहरूका लागि सञ्चालन गरिएको तालिममा बालबालिकाहरूको शारीरिक विकास, सामाजिक विकास, बौद्धिक विकास, संवेगात्मक विकास, भाषिक विकास, सांस्कृतिक विकासलगायतका विषयमा बालविकास सहजकर्ताहरूलाई जानकारी गराइएको तालिम सहजकर्ता कृष्ण खतिवडाले जानकारी दिनुभयो ।

शहीदभूमि गाउँपालिकाको २० जना बालविकास सहजकर्ताको सहभागिता रहेको तालिममा अभिभावकको सचेतना, गीत, खेल वा कथाहरूको माध्यमबाट बालबालिकालाई कसरी सिकाउने भन्ने विषयमा तालिम सहजकर्ता सिर्जना सत्यालले सहजीकरण गर्नुभएको थियो  । 

शहीदभूमि गाउँपालिकाको आयोजना तथा दक्षिणा रिसर्च एण्ड सेन्टर इटहरीको प्राविधिक सहयोगमा सम्पन्न तालिममा गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीलगायतको उपस्थिति थियो ।