• १३ असोज २०८१, आइतबार

नहरमा डुबेर युवतीको मृत्यु

blog

नहरमा डुबेर युवती हेर्दै स्थानीय ।

लीला झापाली

बिर्तामोड, जेठ १ गते । झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ । 

सोमबार दिउँसो २ बजेको समयमा गाईबस्तु हेर्न गएकी स्थानीय २८ वर्षीया कमला राईको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । 

गाईबस्तु हेर्न जाने क्रममा अचानक नहरमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । शवलाई नहरबाट निकालेर हाल पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।