• १३ असोज २०८१, आइतबार

चितुवाको आक्रमणबाट तीन जना घाइते

blog

फाइल तस्विर ।

कबिराज घिमिरे 

हिले, वैशाख ३१ गते । धनकुटाको चौविसे गाउँपालिका ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिवार अपरान्ह मौनाखोला नजिकको जङ्गलमा सुंगुरलाई चारो खोज्नेक्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीले जनाएको छ । 

सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको र मुकेशको हात खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी नायव निरिक्षक शारदाप्रसाद साहले जानकारी दिनुभयो ।

घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई शनिवार राति अस्पताल पुर्याइएको हो ।