काठमाडौँ, जेठ २४ गते । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषमा केन्याका धावक जुलियस म्युरुकीले जित्नुभएको छ ।
दशरथ रङ्गशालाबाट शनिबार बिहान सुरु भएर विभिन्न स्थानहुँदै रङ्गशालामै आएर सकिएको रेसमा सन्तोषीले एक घन्टा ३१ मिनेट ४३ सेकेन्डमा दौड सक्नुभयो । यस्तै जुलियसले एक घन्टा १६ मिनेट ४८ सेकन्डमा रेस सक्नुभयो ।
महिलामा आर्मीकी नीशा सार्की दोस्रो हुनुभयो । उहाँले एक घन्टा ३२ मिनेट ३१ सेकेन्डमा रेस सक्नुभयो । एपिएफकी पुष्पा भण्डारी एक घन्टा ३८ मिनेट ०९ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो ।
यस्तै पुरुषमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो हुनुभयो । उहाँले एक घन्डा १७ मिनेट ११ सेकेन्डमा रेस सक्नुभयो ।
तेस्रो हुनुभएका शुसील केसीले एक घन्टा ३१ मिनेट ४३ सेकन्डमा दौड सक्नुभयो । महिला र पुरुष दुवैतर्फ विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।