• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कार्यालयको प्रस्टोक्ति

blog

काठमाडौँ, वैशाख ३० गते । गोरखापत्र राष्ट्रिय दैनिकमा हिजो (२९ गते) शुक्रबार ‘प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन’ शीर्षकमा प्रकाशित समाचारमा तथ्य फरक परेकाले सच्याइएको छ। प्रधानमन्त्री कार्यालयले नक्कली भुटानी शरणार्थीसम्बन्धी कुनै पनि प्रतिवेदन प्राप्त नभएको जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का प्रवक्ता नारायणप्रसाद भट्टले सो विषयमा गृह मन्त्रालयबाट अनुसन्धान अघि बढेको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस हुने प्रतिवेदनहरू विद्युतीय माध्यमबाट सम्बन्धित मन्त्रालयले पेस गर्ने भएकाले त्यस्तो नक्कली प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस हुन सक्ने अवस्था नरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्पष्ट पारेको छ। गलत तथ्य सार्वजनिक हुँदा  अनुसन्धानमा प्रभाव पर्नेतर्फ सजग रहन प्रवक्ता भट्टले बताउनुभयो ।