• ८ मंसिर २०८१, शनिबार

मुसिकोट नगर क्षेत्रमा विद्यालय समयमा ठूला सवारी सञ्चालनमा रोक

blog

गुल्मीको मुसिकोट नगरपालिका ।

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २८ गते। गुल्मीको मुसिकोट नगरपालिकाले बजार क्षेत्रमा विद्यालय समयमा ठूला सवारी साधन सञ्चालन गर्न निषेध गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै टिपरलगायत अन्य हेवी सवारी साधन विद्यालय समयमा सञ्चालन गर्न निषेध गरेको हो। 

नगरपालिकाको निर्णयानुसार विद्यालय सुरु हुने समय बिहान ९ देखि १० बजेसम्म र विद्यालय छुट्टी हुने समय बेलुकी ३ः३० बजेदेखि ४ः३० बजेसम्म टिपरलगायत मालवहाक सवारी साधन विद्यालयलगायत बजार क्षेत्रमा सञ्चालन गर्न निषेध गरिएको छ। 

बजार क्षेत्रभित्र रहेका विद्यालयमा विद्यार्थी आवतजावत गर्ने समयमा टिपरलगायत अन्य मालवहाक गाडी तीव्र गतिमा ओहोर दोहोर गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। 

त्यस्तै, बजार क्षेत्रभित्र निर्माण सामग्री ढुवानी गर्दा/गराउँदा त्रिपाल, प्लाष्टिक वा अन्य कुनै सामाग्रीहरुले ढाकेर मात्र ढुवानी गर्ने गराउने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई नगरपालिकाले अनुरोध गरेको छ।