• १३ असोज २०८१, आइतबार

गोलियाका कारण सडक दुर्घटनाको जोखिम

blog

मेरिङ्देन गाउँपालिकाको सान्थाक्रा क्षेत्रका सडक किनारामा राखिएको गोलिया । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २६ गते । ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो । 

पछिल्लो समय वन जङ्गलबाट गोलिया काठ निकासीको क्रम बढेसँगै ग्रामीण क्षेत्रका सडकहरुमा दुर्घटनाको जोखिम पनि बढेको हो । यातायात सञ्चालन गर्नलाई नै असहज हुनेगरी सडकका दायाँ–बायाँ किनारामा अव्यवस्थित रुपमा गोलिया राख्नाले दुर्घटनाको जोखिम बढेको छ । गोलिया लामो समयसम्म सडकमा थुपार्ने गरिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय बताउँछन् । 

सदरमुकाम फुङ्लिङ क्षेत्रमा सञ्चालित भेनियर, काठ मिल तथा फर्निचरका लागि गाउँ–गाउँबाट गोलिया निकासी गर्ने गरिएको छ । गोलिया जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । गोलिया निकासी अर्थात ओसारपसारका क्रममा सडकमा थुपार्ने गरिएको र सडकबाट समयमै नउठाउँदा गोलियाले दुर्घटनाको जोखिम बढाएको छ । 

दुर्घटनाको जोखिमलाई दृष्टिगत गरी जिल्लाका केही स्थानीय तहले सूचना नै जारी गरेर सडक किनारामा राखिएको गोलिया हटाउन तथा व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने गरेका छन् ।

यता, स्थानीय तहले गोलिया हटाउनलाई आग्रह गरे पनि व्यवसायीहरुले अटेर गर्ने गरेको पाइएको छ । यहाँको मेरिङ्देन गाउँपालिकाले गत बैशाख ११ गते सूचना प्रकाशित गर्दै सात दिनभित्र गोलिया काठ हटाइसक्न आग्रह गरेको थियो । 

गोलिया हटाउनलाई सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै व्यवसायीहरुले अटेर गरेकाे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

सडकमा अव्यवस्थित रुपमा राखिएका गोलियाका कारण यातायातका साधन सञ्चालनमा कठिनाई भइरहेको र सडक दुर्घटनाको जोखिम बढाएको साहले बताउनुभयो । व्यवसायीले अटेर गरेपछि गाउँपालिका आफैँले गोलिया उठाएर थन्क्याउनेबारे सोच बनाइरहेको पनि उहाँको भनाइ छ ।

मिक्वाखोला गाउँपालिकाले भने गोलिया काठ ओसारपसार गर्न निषेध गरेको छ । वर्षायामको समयमा गोलिया ओसारपसार गर्दा सडकमा क्षति हुन गई दुर्घटनाको जोखिम बढ्ने भएकाले वैशाख २५ गते सोमबारदेखि आगामी असोज १ गतेसम्म गोलिया निकासी गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

निकासी प्रतिबन्ध गरिएको समयावधिमा गोलिया ओसारपसार गरेमा कानुनबमोजिम कारबाही गर्ने पनि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । 

सडकमा अव्यवस्थित रुपमा राखिएका गोलियाका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भइरहेको र सडक दुर्घटनाको जोखिम बढाएको साहले बताउनुभयो । व्यवसायीले अटेर गरेपछि गाउँपालिका आफैँले गोलिया उठाएर थन्क्याउनेबारे सोच बनाइरहेको पनि उहाँको भनाइ छ ।

मिक्वाखोला गाउँपालिकाले भने गोलिया काठ ओसारपसार गर्न निषेध गरेको छ । वर्षायामको समयमा गोलिया ओसारपसार गर्दा सडकमा क्षति हुन गई दुर्घटनाको जोखिम बढ्ने भएकाले बैशाख २५ गते सोमबारदेखि आगामी असोज १ गतेसम्म गोलिया निकासी गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

निकासी प्रतिवन्ध गरिएको समयावधिमा गोलिया ओसारपसार गरेमा कानुनबमोजिम कारबाही गर्ने पनि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।