• १३ साउन २०८१, आइतबार

पार्टी एकताबारे नेपाल र गौतमबीच छलफल

blog

पार्टी एकताबारे माधवकुमार नेपाल र वामदेव गौतमबीच छलफल हुँदै ।

काठमाडौं, वैशाख २६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ । 

काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालसँग पार्टी एकताका सम्बन्धमा छलफल भएको हो । 

छलफलमा सहभागी समाजवादीका नेता जीवनराम श्रेष्ठले उहाँहरुबीच पार्टी एकताका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । सो क्रममा समाजवादीका महासचिव घनश्याम भुषाल, उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा‍. गंगालाल तुलाधर सहभागी हुनुहुन्थ्यो ।